
आँबुखैरेनी, चैत्र २७ गते ।
आँबुखैरेनी गाउँपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बिहीबार आर्थिक सहयोग प्राप्त भएको छ । नेपाली कांग्रेस गाउँ कार्य समिती, तरुण दल तथा महिला संघ आँबुखैरेनी तनहुँको संयुक्त पहलमा सो कोषको लागि चेक मार्फत १ लाख ११ हजार १ सय ११ रुपैंया आर्थिक सहयोग प्राप्त भएको गाउँपालिकाले जनाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस संक्रमणको असहज परिस्थितीलाई न्यूनिकरणका लागि नेपाली कांग्रेस गाउँ कार्य समिती, तरुण दल तथा महिला संघ आँबुखैरेनीका पदाधिकारीहरुको उपस्थितीमा गाउँपालिका अध्यक्ष गिर बहादुर थापालाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको तरुण दल आँबुखैरेनीका वरिष्ठ उपाध्यक्ष अभियान श्रेष्ठले जानकारी दिनुभयो । चेक ग्रहण गर्नुहुदै गाउँपालिका अध्यक्ष थापाले नेपाली कांग्रेस गाउँ कार्य समिती, तरुण दल तथा महिला संघ आँबुखैरेनीलाई विशेष धन्यवाद दिनुभएको छ । यस किसीमको बिषम परिस्थितीमा गाउँपालिका भित्रका सम्पूर्ण वित्तिय संघ, संस्था, उद्योग, व्यवसायी तथा इच्छुकहरुले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्नुहुन अध्यक्ष थापाले आग्रह गर्नुभएको छ । सो आर्थिक सहयोग रकम सँगै कोषमा अहिले सम्म जम्मा १६ लाख ११ हजार १ सय ११ रुपैंया रहेको गाउँपालिकाका सुचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो । यस अघि आँबुखैरेनी गाउँपालिकाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि १५ लाख रुपंंैया बजेट बिनियोजन गरेको थियो । माछापुच्छ«े बैंक आँबुखैरेनी शाखामा रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं. ग–७–२–२७०१५२४६१८५४०६८ रहेको छ ।