बागलुङमा १ हजार जनाको ‘र्‍यापिड टेस्ट’ गरिँदै

बागलुङ । कोरोना भाइरस, (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न   जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूध जस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कडाइ गरिएको हो । अघिल्ला दिनका तुलनामा आइतबारदेखि मानिसको हिँडडुलमा कमी आएको छ । आइतबार ‘लकडाउन’ अटेर गरी बजारमा हिँड्ने ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोमबार बिहानै पनि ३० पक्राउ परेका थिए । नियन्त्रणमा लिइएकालाई सम्झाइ बुझाइ गरेर छाडिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। प्रहरीले अत्यावश्यक काम नपरी घर बाहिर ननिसक्न सबैमा आग्रह गरेको छ । ‘दैनिक उपभोग्य वस्तुपनि फोनबाट घरमै मगाउन अनुरोध गरेका छौँ’, उनले भने, ‘लकडाउनको पालना गराउन हाम्रो तर्फबाट सक्दो प्रयास भइरहेको छ, उल्लङ्घन भए थप कडाइ गर्र्छौ ।’ उनले पछिल्ला दिनमा ‘लकडाउन’ प्रभावकारी बनेको उल्लेख गरे । बागलुङमा कोभिड–१९ का दुई जना बिरामी फेला परेका छन् । सङ्क्रमित भेटिएसँगै थप जोखिम बढेपछि ‘लकडाउन’ कडा पारिएको हो ।

सङ्क्रमित दुवैको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार दुवैको अवस्था सामान्य छ । यही चैत ४ गते बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीय किशोरी र सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा सो भाइरसको सङ्क्रमण भेटिएको थियो । दुवै जना कतार एयरको क्यूआर ६५२ बाट नेपाल आएका थिए ।

सङ्क्रमितका परिवारका सदस्यमा भने कोरोना भाइरसको सङ्क्रमण देखिएको छैन । यसैबीच, सरकारले सङ्क्रमितको बसोबास क्षेत्र, आफन्त र विदेशबाट आएका सबै व्यक्तिको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विदेशबाट आएका करिब ९ सय र सङ्क्रमितका छिमेकी, आफन्त गरेर एक हजार जतिको ‘र्‍यापिड टेस्ट’ गरिने भएको छ । थप सङ्क्रमणको जोखिम बढेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

राताेपाटीबाट

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.