विद्यार्थीलाई चिनियाँ कम्युनिस्ट पार्टीको आदेश : घरमै बस, कम्युनिस्ट पुस्तक पढ !

बेइजिङ  । चीनमा सी जिनफिङ नेतृत्वमा आएसँगै उनले ‘चिनियाँ सपना’लाई विस्तार गर्न लागे । ‘चिनियाँ राष्ट्रको महान कायाकल्प’को उपलब्धिका लागि चिनियाँ सपनालाई देशव्यापी रुपमा फैलाउन थालेका थिए । जसअनुसार स्कुले र कलेजको शिक्षामा नै जोड दिइयो । खासगरी देशभक्त शिक्षा, जुन पार्टीप्रेमी शिक्षा र प्रोपोगान्डा र पश्चिमा संस्कृति विरोधी शिक्षालाई जोड दिइन्छ ।

बिचारमा लकडाउन !
‘महामारीको अवस्था दिन प्रतिदिन बढ्दैगएको छ । आम मान्छेहरुसँग सुरक्षाका उपायको अभाव छ, उनीहरुको जीवन नै सुरषित छैन, तै पनि कम्युनिस्ट पाटीृ विद्यार्थीहरुको बिचार नियन्त्रण गर्न बिर्सँदैन,’ झियांछी प्रान्तस्थित एक कलेजका विद्यार्थीले भने ।

ती विद्यार्थीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले यस्तो जटिल अवस्थामा पनि अनलाइन कक्षा सञ्चालन गरेरै ‘रातो संस्कृति’लाई सैद्धान्तिकरण गरिरहेको छ । जुन हाल स्कुल, कलेजमा वाध्यकारी बनाइएको छ ।

उनी सोध्छन्, ‘यही महामारी र यसको रोकथामबारे व्यवहारिक ज्ञान पढाइएको भए राम्रो हुँदैनथ्यो त ? केन्द्रीय समितिले आफ्नो राजनीतिक शक्ति वाहेक अरु केही ख्याल गरेको जस्तो देखिँदैन ।’

२०१९ को मार्च १८ मा चिनियाँ राष्ट्रपति सी जिनफिङले शिक्षकहरुलाई बिचारधारा र राजनीतिक सिद्धान्तका लागि भाषण दिएका थिए । जहाँ उनले स्कुलहरुलाई ‘राता वंशज’ तयार गर्ने तालिम केन्द्रको रुपमा विस्तार गर्न आग्रह गरेका थिए ।

साथै चिनियाँ सपना साकार पार्न किन्डरगार्टेन, प्राथमिक र माध्यमिक तह, कलेज र विश्वविद्यालयमा समेत निरन्तर कम्युनिस्ट बिचारधारा अध्ययन गराउन उनले आग्रह गरेका थिए । ‘हामीसँग हरेक साता तीन वा चार बिचारधारात्मक र राजनीतिक कक्षाहरु छन्, यसमा समकालिन राजनीति र समाचार पनि पर्छन् । यदी हामी परीक्षामा फेल भयौँ भने हामीले कलेजको प्रवेश परीक्षामा सहभागी हुन पाउँदैनौँ, मलाई यस्तो पढ्न मन लाग्दैन,’ सांग्दोंग प्रान्तस्थित लिन्यी सहरको हाइस्कुलकी एक छात्राले भनिन् ।

उनका अनुसार विद्यार्थीहरुलाई बिचारधारा र राजनीतिक अनलाइन कक्षा जबर्जस्त रुपमा दिइन्छ । यही फेब्रुअरीपछि महामारीका बावजुद पनि यस्ता कक्षा लादिएको विद्यार्थीहरु बताउँछन् ।

एक शिक्षकका अनुसार हाइस्कुलका विद्यार्थीलाई ‘द राइज अफ ग्रेट पावर’ जस्ता फिल्म हेर्न ‘असाइनमेन्ट’को रुपमा दिइन्छ । साथै उनीहरुलाई यस्ता फिल्म हेरिसकेपछि धारणा लेख्न पनि अह्राइन्छ । जसले सम्पन्न गर्दैन उसलाई दण्ड पनि ।

चिनियाँ राज्य सञ्चालित मिडियाका अनुसार राष्ट्रपतिको बिचार लागु गर्न शिक्षक र पार्टीले प्रमुख भूमिका निर्वाह गर्छन् । महामारीका बावजुद स्कुलले पनि शिक्षकलाई बैचारिक र राजनीतिक अध्ययन गर्न आग्रह गर्छन् । यसरी शिक्षक पनि विद्यार्थीलाई ‘रातो बिचारधारा’ घोटाउँछन् ।

विद्यार्थीलाई माक्र्सवादी पुस्तक नियमित पढ्न बाध्य पारिन्छ
कम्युनिस्ट पार्टीको १८औं सम्मेलनदेखि नै राष्ट्रपति सीले बारम्बार ‘सांस्कृतिक आत्मविश्वास’मा जोड दिँदैआए । चिनियाँ सपना साकार पार्ने यही महत्वपूर्ण उपकरण भएको उनको विश्वास छ ।

पश्चिमा संस्कृतिलाई आलोचना गर्न सीले चिनियाँ युवालाई चिनियाँ निरंकुशतावादी संस्कृतिलाई अवलम्वन गर्न आग्रह गरिरहे । पूर्वी पान्त सांग्दोंगका एक विद्यार्थीका अभिभावकले भने कि, स्कुलले आफ्नो पहलमा अभिभावकलाई पनि सहकार्य गर्न आग्रह गरेका छन् । उनीहरुलाई कम्युनिस्ट इतिहासको प्रशंसा गरेका दर्जनौँ पुस्तक पढ्न आग्रह गरिन्छ ।

अन्नपूर्णपोष्टमा खबर छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.