कैलाली, कञ्चनपुर र वाग्लुङमा कोरोनाको -यापिड टेस्ट गरिने

काठमाडौँ । कोरोनाभाइरसको संक्रमित फेला परेका कैलाली र कञ्चनपुर जिल्लामा क्वारेन्टाइनमा रहेका सबैको-यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोभिड–१९ को परीक्षण गरिने भएको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सो निर्देशन दिएको हो ।

त्यस्तै बाग्लुङ जिल्लामा उपचारका क्रममा रहेका संक्रमित व्यक्तिहरुको वासस्थान वरपर आशंका गरिएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि आरडीटी प्रविधिबाट परीक्षण गरिनेछ । यसको साथै चैत महिनाभर विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि कोभिड–१९ को परीक्षण गरिने भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

सबैको आरडीटी परीक्षणपछि भाइरसको संक्रमण भएको आशंका गरिएकाहरुको पीसीआर प्रविधिबाट पुनः सुनिश्चित गरिने पनि डा. देवकोटाले जानकारी दिए । निर्णयलाई पालना गर्दै व्यवस्था इपिडोमलोली तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठकबाट निर्णय भइ सम्बन्धित टोलीहरुलाई अभिमुखीकरण गर्ने र आजै टोली प्रस्थान गर्ने तयारी गरिएको डा. देवकोटाको भनाइ थियो ।

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १५२९ जनाको कोभिड–१९ परीक्षण भएको जानकारी दिएको छ । यसमध्ये ९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने १ जना निको भएर घर फर्किसकेका छन् ।

यस्तै, हाल काठमाडौँमा १२ तथा काठमाडौँबाहिर १०२ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सम्भावित संक्रमितको सूची ‘रेड जोन’ मा कूल १४० जनालाई राखिएको पनि जानकारी दिए । यता, खरिपाटीको क्वारेन्टाइनमा रहेका ९४ जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको पनि डा. देवकोटाले जानकारी दिए ।

डा. देवकोटाका अनुसार उपत्यकाबाहिर ७ स्थानमा कोभिड–१९ को परीक्षण सुरु भएको छ । चितवन, धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षणहरु भइरहेका छन् । बुटवलमा पनि चाँडै सुरु गरिने डा. देवकोटाले जानकारी दिए ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.