यस्तो छ लन्डनमा कोरोना संक्रमण भएर निको भएकी नेपाली महिलाको सुझाव

बेलायतमा केही दिनअघि कोरोनाभाइरस सङक्रमित भएर अस्पताल भर्ना भएकी एक नेपाली महिला अहिले निको भएकी छन्।

कोरोना संक्रमणमा उनले भोगाइ कस्तो रह्यो? नेपालमा लकडाउनपछि आ आफ्नै घरभित्रै बस्न लगाइएका नेपालीहरूलाई उनको सुझाव के छ ? उनले आफ्नो अनुभर्व बताएकी छिन् । उनी कसरी अचानक कोभिड १९ की बिरामी हुन पुगिन् ?

उनको भनाइको सम्पादित अंश :

म शुरूमा नियमित रूपमा काममा गएर आएँ र खाना खाएर सुतेँ। तर मध्यराति एकदम धेरै ज्वरो आयो। भोलिपल्ट म यहाँको ‘वाक इन’ क्लिनिकमा गएँ। त्यहाँ मलाई घरमै बस्ने सल्लाह दिइयो।

त्यसपछि म घर आएर बसेँ। मलाई रुघाखोकी केही पनि लागेन। खाली टाउको मात्र दुख्ने समस्या थियो।

ओषधि खाँदा पनि ज्वरो घट्दै घटेन। म औषधि खाएर बस्न थालेँ। तर ज्वरो घट्दै घटेन। अनि म फेरि त्यहीँ क्लिनिकमा गएँ। त्यहाँ मेरो खकारको नमुना लिइयो। त्यसपछि मलाई भोलिपल्ट फोन आयो अनि भनियो ‘तपाईँलाई कोभिड पोजिटिभ देखियो। सास फेर्न गाह्रो छ भने अस्पताल आउनुहोस्।’

म त्यसपछि अस्पताल गएँ। विशेष हेरचाह गर्ने एकाइमा मलाई राखियो। त्यहाँ विशेष चिकित्सक र स्वास्थ्यकर्मी मात्र जाने रहेछन्। उनीहरू त्यहाँ १५ मिनेटभन्दा बढी नबस्ने रहेछन्। उनीहरूले विशेष पोशाक लगाएका हुने रहेछन्।

बुट, गाउन, मास्क, चस्मा, टाउको छोप्ने लगायत लगाएका हुन्थे। अरू बिरामीहरू पनि थिए। उनीहरूलाई मैले धेरै पसिना आएको देखेँ। उनीहरू धेरै नजिक आउँदैन्थे। एकजना एकदमै धेरै गम्भीर बिरामी पनि थिए।

यो भाइरस कहाँ हुन्छ भन्ने नै थाहा नहुने रहेछ। त्यो अस्पतालमा बस्दा पनि मैले त्यस्तै पाएँ।

यहाँ ब्रिटेनको सरकारले पनि ‘सेल्फ आइसोलेसन’ अर्थात् एकान्तवासमैँ जोड दिएको छ। म पनि त्यहीँ भन्छु। भाइरस लागेको छ भने पनि पत्ता लगाउने समय लाग्ने रहेछ। मलाई यहाँ दश दिन पछि बल्ल जाँचियो र थाहा भयो।

त्यसैले एकदमै सावधानीपूर्वक बस्नुपर्छ। नेपालमा पनि सरकारले घरमै बस्न अनुरोध गरेको रहेछ। त्यसलाई पालना गरौँ। एकान्तवासमै बस्न सिकौँ। सरसफाइमा एकदमै ध्यान दिऔँ।

पाँच दिन त्यहाँ बसेपछि मलाई घर पठाइयो। अहिले मलाई केही आराम भएको छ। ज्वरो कम भएको छ। चिकित्सकले दुई खाले एन्टिबायोटिक्स औषधि दिएका छन्। त्यही खाएर बसेको छु।

म अहिले तल्लो तलामा एकान्तवासमैँ छु। मेरो लागि पकाउने खाने छुट्टै छ। मेरो शौचालय पनि फरक छ। श्रीमान्‌ चाहिँ माथि बस्नु हुन्छ।

स्रोत: बीबीसी नेपाली

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.