स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल विरुद्ध उजुरी

काठमाडौँ : कोरोना भाइरसको महामारीबाट सिङ्गो मुलुक नै तहसनहस भइरहेको छ । तर यस्तो बेलामा जनताको स्वास्थ्यको जिम्मा लिएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल भने कोरोना सङ्क्रमणविरुद्धका स्वास्थ्य उपकरण खरिदकाण्डमा फसेका छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेको छ ।

स्वास्थ्य मन्त्रालयले बजार भाउभन्दा चार गुणासम्म महँगो मूल्यमा चीनबाट मेडिकल सामग्री किनेको दाबी गर्दै विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । प्रदेशसभा सदस्य पौड्यालले सरकारको अनियमितताका विषयमा आवश्यक छानबिन गर्नसमेत माग गर्दै अख्तियारमा उजुरी पेस गरेका छन् । स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका कोरोना भाइरसको रोकथाममा प्रयोग गरिने सामग्री गुणस्तरहीन र अत्यधिक महँगो भएको भन्ने जनगुनासो बढिरहेकै बेला स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी परेको हो ।

बजार दरभन्दा महँगो पर्ने गरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दाबीसहित लकडाउनका कारण आयोगको वेबसाइटमार्फत उजुरी दिएको जानकारी पौड्यालले दिएका छन् ।

पौड्यालको उजुरीमा तीन महिनाअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको खुलाएको टेन्डर रद्द गरेको, कोरोनाको त्रासमा देश फसेको बेला मेडिकल सामान खरिद गर्न आफू निकट व्यापारीलाई सेटिङ मिलाएको, मेडिकल सामग्री खरिदको अनुभव नै नभएका कम्पनीलाई ३ घन्टामै सेटिङ मिलाएको विषय उल्लेख छ ।

उनको उजुरीमा वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेसन स्वीकृत गरेको, विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेको र्यापिङ टेस्टिङ कीट सात करोडभन्दा माथिको लागतमा किनेको पनि उल्लेख छ । उनको उजुरीमा प्रधानमन्त्री केपी वलीले समेत अख्तियारको छानबिनलाई प्रभावित पार्ने गरी स्वास्थ्यमन्त्रीको बचाउमा अभिव्यक्ति दिएको उल्लेख छ ।

अख्तियार प्रवक्ता प्रदीप कोइरालाले अनियमितता र भ्रष्टाचारको सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक ट्विटर र आयोगको वेबसाइटमार्फत उजुरी दिनसक्ने व्यवस्था रहेकाले स्वास्थ्यमन्त्रीविरुद्ध पनि त्यसैगरी उजुरी परेको हुनसक्ने बताएका छन् । प्राप्त उजुरीलाई आयोगले अध्ययन गर्ने र त्यसपछि छानबिन प्रक्रिया अघि बढाउने गरेको पनि उनले बताए ।

यसैबीच चर्को मूल्यमा चीनबाट ल्याइएका र्यापिड टेस्टिङ कीट गुणस्तरहीन भएको भन्दै प्रयोग नगर्ने निर्णय स्वास्थ्य मन्त्रालयले नै गरिसकेको छ । काठमाडौँमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले यस्ता र्यापिङ टेस्ट कीट तत्काल प्रयोग नगर्न निर्देशन दिएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना रोकथामको सबैभन्दा गतिलो उपाय बढीभन्दा बढी परीक्षण भनेको छ । तर गुणस्तरहीन भएपछि सरकारले महँगो मूल्यमा चीनबाट ल्याएका ५७ हजार थान र्यापिङ टेस्टिङ कीट प्रयोग नै नगरी राखिएको छ ।

सरकारले भने अभावका बेला सामान किन्दा महँगो परेको भन्दै बचाउ गर्ने गरेको छ । स्मरणीय छ, सेक्युरिटी प्रेस खरिद घोटालाकाण्डमा प्रम वलीले बचाउ गर्दागर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटा मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । स्वास्थ्यमन्त्री ढकाल पनि सस्तो र उच्छृङ्खल अभिव्यक्तिका कारण बेलाबेलामा विवादमा फस्दै आएका छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.