पालुङ्टार ७ मा १ रात क्वारेन्टाइनमा राखेर छाडियो ५ जनालाई

गोरखा संसार

चैत्र १६, गोरखा ।

विश्वमा आतंकको रुपमा फैलिरहेको कोरोनाको को संक्रमण नियन्त्रणको लागि सरकारले सम्पूर्ण जनताहरुलाई घरमा वसेर लक डाउनको आदेश पालना गर्न आग्रह गरिरहेको बेला पालुङ्टार नगरपालिका वडा नं. ७ को कार्यालयले ५ जनालाई एक रात क्वारेन्टाइनको रुपमा एक विद्यालयमा एक रात राखेर छाडिएको छ ।

एकजना दुवईबाट आएका र उनको श्रीमतीलाई उपचारका लागि पोखरा लगेर फर्काउँदै गर्दा वडा कार्यालयको समन्वयमा च्याङ्ली स्वास्थ्य चौकी र अस्थायी प्रहरी पोष्टमा प्रमुखको टोलीले उनीहरुलाई त्यहाँ राखिएको बताइएको छ । सरकारले लकडाउनको घोषणा गरेकै समयमा उनीहरु पोखरा पुगेर फर्कँदै गर्दा डुम्रेदेखि नै उनीहरुलाई नियन्त्रणमा ल्याई एक विद्यालयमा राखियो । उनीहरुलाइ घरमै क्वारेन्टाइनको रुपमा बस्न अनुरोध गर्दै गर्दा पनि उनीहरुकै दाजुभाइ तथा छिमेकीहरुको आग्रहअनुसार नजीकैको विद्यालयको एक कोठामा ५ जनालाई राखियो । उक्त ठाउँमा उनीहरुलाई खाना भने घरकै मानिसहरुले पुर्याउने व्यवस्था मिलाइएको च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले बताउनुभएको थिया े ।

त्यहाँ राखिएकाहरुले भने कुनै सुविधा नभएको, पानी,बत्ती केही नभएका कारण स्वास्थ्यमा झन बढी खतरा हुन सक्ने बताएका थिए, त्यसपछि नगरप्रमुख संग कुरा गर्दा नगर प्रमुख दिपक बाबु कंडेलले भने नगरपालिकाले ठाँटीपोखरीमा क्वारेन्टाइन निर्माण गरिएको र आवश्यक परेका खण्डमा यहाँ ल्याएर राख्न सक्ने बताएपनि बेलुकी पख भने उनीहरुलाई स्वास्थ्य चौकी इन्चार्जले नै फोन गरेर विद्यालय छाडी घर जान भनेपछि घरमै गएर सुरक्षित साथ बसेको बताएका छन् ।

उनीहरुका लागि उक्त स्थानमा राख्दा र छोडदा समेत कुनै प्रकारको स्वास्थ्य परीक्षण नगरिएको उनीहरुले बताएका छन् । नगरपालिकाले शंकास्पद व्यक्तिहरुका लागि राख्न १८ बेडको क्वारेन्टाइन वडा नं. ५ को धर्मावती प्रा.वि. मा व्यवस्था गरिसकेको र सवै व्यवस्था मिलाइसकिएकोले क्वारेन्टाइनमा राख्नुपर्ने व्य िक्तहरुलाई त्यहाँ ल्याएर राख्न सकिने नगरप्रमुख कंडेलले बताउनुभयो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.