पालुङ्टारमा विदेशबाट आउनेलाई आइसोलेसनमा वस्न सल्लाह, कुन वडामा कति जना अाए त बिदेशबाट

गोरखा संसार
चैत्र १४, गोरखा ।
विश्वमा आतंकको रुपमा फैलिरहेको कोरोनाको नियन्त्रणका लागी सरकारले देशभर गरेको लक डाउनको अवस्थामा संक्रमित व्यक्ति भेटिएमा वा शंकास्पद बिरामीहरु भएमा आइसोलेसनमा राख्नको लागी पालुङ्टार नगरपालिकामा आइसोलेसन वार्ड स्थापना गरिएको छ । कोरोनाको शंका भएदेखि तत्कालै आँपपिपल अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरिएको थियो ।
त्यस्तै गरी पछिल्लो समयमा देशमा कोरोनाको संक्रमण देखिएपछि नगरपालिकाले वडा नं. ५ को धर्मावती प्राथमिक विद्यालयमा थप आइसोलेसनको रुपमा प्रयोग गर्नको लागी तयार गरिएको नगरपालिकाले जनाएको छ । आवश्यक परेको खण्डमा अन्य विद्यालयहरुमा पनि आइसोलेसन स्थापना गर्ने तयारी गरेको नगरप्रमुख दिपक बाबु कंडेलले बताउनुभयो । नगरपालिकाले केही समस्या आएमा तत्काल सम्पर्क गर्नको लागी सम्पर्क नम्बरहरु समेत सार्वजनिक गरेको छ । यस अवधिभरमा बिदेशबाट आएकाहरुका लागी घरमै कसैसंग सम्पर्कमा नरही आइसोलेसनमा बस्न समेत आग्रह गरेको छ ।

वडा नं. १ मा ३ जना भारत र १ जना दुवइ बाट गरी ४ जना आएका वडाध्यक्ष कृष्ण बहादुर परियारले बताउनुभयो ।

वडाध्यक्ष परियार घरदैलोमा हिडदै गरेको र सचेत गराउँदै गाउँ गाउँ पुगेको बताउनुभएको छ । त्यस्तै अन्य वडाका वडाध्यक्षहरुले समेत घरदैलो तथा सचेतना अभियान सञ्चालन गरिरहेका छन् । वडा नं. २ मा भने १ जना भारतबाट आएको र विपन्न परिवार समेत भएकाले वडा कार्यालयको तर्फबाट खाद्यान्न उपलब्ध गराएर घरमै क्वारेन्टाइनमा बस्न सुझाव दिएको वडाध्यक्ष लोकनाथ वाग्लेले बताउनुभयो । वडा नं. ४ मा ७ दिन अघि भारतबाट १ जना आएको बताएका छन् । वडा नं. ५ मा यस अवधिमा विदेशबाट आएका छैनन । वडा नं. ६ मा ७ दिनअघि कतारबाट १ जनामात्र आएका छन भने वडा नं. ७ मा मलेसियाबाट १ जना, वडा नं. ८ मा ३ जना भारत र १ जना दुवईबाट गरी ४ जना र वडा नं. १० मा भारतबाट १ जना आएको जानकारी प्राप्त भएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.