इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाकाे ज्यान गयाे, विश्व अपडेट सहित

१२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो । इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । इटलीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको थियो । तर मंगलबार फेरि बढ्नाले चिन्ता थपिदिएको छ ।

बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत नदेखिएको बीबीसीले लेखेको छ । कोरोना संक्रमणका कारण इटलीमा बिहीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार घटेर ६५१ र सोमबार झन् घटेर ६०२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । मंगलबार भने बढेर ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको तुलनामा १४१ ले बढी हो ।

इटलीमा मृत्यु किन बढीरहेको छ ? इटली कोरोना भाइरसबाट विश्वका सबैभन्दा बढी प्रभावित देशको सूचीमा छ । यहाँ ६ हजार ८ सय २० जनाले ज्यान गुमाइसकेका छन् । इटलीमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा लामो समयदेखि लकडाउन गरिएको छ । तर पनि मृत्यु रोकिएको छैन ।

इटलीको उत्तरी क्षेत्र लोम्बार्डो कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । सबैभन्दा धेरै मृत्यु पनि यहीँ नै भएको छ । आखिर इटली किन यति धेरै प्रभावित भयो भन्ने प्रश्नको ठ्याक्कै उत्तर पत्ता लगाउन विशेषज्ञहरुले सकेका छैनन् । महामारी विशेषज्ञ पियरलुइजी कोकोले बीबीसीसँग भनेका छन्, ‘अहिले नै यसको कारण यही नै हो भनेर ठोकुवा गर्नु हतार हुने छ ।

धेरै कारणहरु हुन सक्छन् । एक त अनुवांशिकी कारण हुनसक्छ । केही व्यक्ति बिना कुनै लक्षण पनि संक्रमित पाइएका छन् । कतिपयलाई संक्रमण देखिएको छैन । इटली विश्वका सबैभन्दा धेरै पाका व्यक्ति भएको देश हो । बढी उमेरका व्यक्ति संक्रमणको चपेटामा छिटो आउँछन् र उनीहरुलाई जोगाउन मुस्किल हुन्छ ।’ कोको भन्छन्, ‘इटलीका जनताको साँस्कृतिक र सामाजिक गतिविधि पनि संक्रमण फैलाउन मद्दत गरेको छ । यहाँका जनता समूहमा बस्छन्, भेट्नासाथ एकअर्कालाई चुमेर प्रेम साटासाट गर्छन् ।

परिवारका सदस्यहरु पनि आपसमा निकै नजिक हुन्छन् ।’ यद्यपि कोकोले इटलीको उत्तरी इलाकामा मृत्युको संख्या बढ्नुमा त्यहाँको वायु प्रदुषण पनि हुन सक्ने आशंका गर्छन् । इटलीमा कोरोना भाइरसका कारण मृत्युको संख्या बढे पनि संक्रमण दरमा भने केही दिनयता केही कमी आएको छ । इटलीका अधिकारीहरुका अनुसार संक्रमण दर एक प्रतिशतले घटेको छ ।

व्यक्तिगत दुरी बढाउने नियमको कडा पालना गर्दा संक्रमणको दर घटेको बताइएको छ । इटलीमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ६९ हजार १ सय ७६ छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस १९५ देशमा फैलिएको छ । यसबाट १६ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ७५ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व अपडेट

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.