कुन ब्लड ग्रुप भएकालाइ कति खतरा हुन्छ काेराेनाभाइरस ?

गाेरखा संसार,

चीनको हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले कोरोना भाइरसले रक्त समूह अनुसार प्रभाव गर्ने खुलासा गरेका छन् । शोधमा पत्ता लागेअनुसार रक्त समूह ए(Blood Group A) भएका व्यक्तिलाई कोरोना भाइरसले छिट्टै संक्रमित गर्नसक्छ । साथै, ब्लड ग्रुप ओ (Blood Group O) भएका व्यक्तिहरुलाई संक्रमण हुन धेरै समय लाग्छ ।

चीनको वैज्ञानिकको यो अध्ययन ऊहानमा गरिएको हो । ऊहान चीनको हुबेई प्रान्तको राजधानी हो । यहाँबाटै संसारभरी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको होे । यो खबर Medrxiv.org  मा प्रकाशित भएको छ ।

ऊहानमा वैज्ञानिकले कोरोना भाइरसद्वार संक्रमित २,१७३ व्यक्तिमा अध्ययन गरेका हुन् । यीमध्ये २०६ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो । उनीहरु हुबेई प्रान्तका तीन अस्पतालमा भर्ना थिए ।

कोरोना भाइरसका कारण मारिएका २०६ व्यक्तिमध्ये ८५ जनाको रक्त समूह ‘ए’ थियो । अर्थात् करिब ४१.२६ प्रतिशत । जबकी ५२ जनाको रक्त समूह ‘ओ’ थियो । अर्थात्, करिब २५ प्रतिशत ।

२,१७३ व्यक्तिमध्ये रक्त समूह एक हुने व्यक्ति धेरै थिए । यीमध्ये ३२ प्रतिशतको रक्त समूह ‘ए’ थियो भने रक्त समूह ‘ओ’ भएका व्यक्तिहरु २६ प्रतिशत थिए ।

अनुसन्धाताले आफ्नो अनुसन्धानमा रक्त समूह ‘ए’ को तुलनामा रक्त समूह ‘ओ’ भएकाहरु कोरोना भाइरसले निकै ढिलो संक्रमित हुने बताएका छन् । रक्त समूह ‘ए’ भएकाहरुको नै कोरोना भाइरसका कारण धेरै मृत्यु भइरहेको छ ।

वैज्ञानिकले सार्स–सिओवी–२ (SARS-COV-2) को हमला हुँदा पनि रक्त समूह ‘ओ’ भएकाहरु कमै संक्रमित भएको जबकी अन्य रक्त समूहका व्यक्तिहरु धेरै नै प्रभावित भएका थिए ।

अहिलेसम्म यो अनुसन्धानको रिभ्यू भएको छैन तर चीन तियानजिनस्थित स्टेटको ल्याबोरेटरी अफ एक्सपेरिमेन्टल हिम्याटोलोजीका वैज्ञानिक गाओ यिंगदाईले यो अनुसन्धानले यो रोगको उपचार खोज्न मद्दत गर्ने बताएका छन् ।

गओ यिंगदाईले भनेका छन्, ‘यदि तपाईंको रक्त समूह ए छ भने पनि तपाईं चिन्तित हुनुपर्दैन । यसको अर्थ यो होइन कि तपाईं शत प्रतिशत कोरोनाद्वार संक्रमित भएरै छोड्नुहुनेछ । रक्त समूह ओ भएका मानिसहरु पनि लापरवाह भने नहुनुहोस् ।’

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.