स्थानीय डकर्मीको क्षमता र जनस्तरमा चेतना अभिवृद्धिका लागि प्रवलीकरण तालिम

 

 

 

 

 

गाेरखा संसार

फागुन २२,गाेरखा

स्थानीय डकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गोरखा नगरपालिका वडा नम्बर १० विरेनचोकमा रेट्रोफिटिङ÷प्रवलीकरण सम्बन्धी ४ दिने तालिम सुरु गरिएको छ । भारत सरकाद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले सुरक्षित आवास निर्माण तथा स्थानीय डकर्मीलाई प्रवलीकरण सम्बन्धी प्रविधिको ज्ञान दिने उद्देश्यले तालिम संचालन गरेको जनाएको छ । तालिम विरेनचोक स्थित स्थानीय इन्द्र बहादुर खनालको घरमासंचालन गरिएको छ । ।
प्रवलीकरणका घरधनी इन्द्र बहादुरले मौलिक संरचनाको साढे दुई तल्लाको ढुंगामाटोको घर जगेर्ना गर्न समेत प्रवलीकरण उचित भएको बताउनुभयो । उहाँले भन्नुभयो, बन्दीपुरदेखि दुखले ल्याएको ढुंगा र विशेष कालिगढबाट घर मिहिनेतले बनाएकाले भत्काएर नयाँ बनाउन मन लागेन, त्यसैले यसलाई सुरक्षित बनाएको हुँ । प्रवलीकरणमा परेको
यस्तै, तालिमको उद्घाटनमा वडा नम्बर १० का वडाध्यक्ष देवि बहादुर बस्नेतले वडामा पहिलो प्रवलीकरण हुनु उदाहरणीय भएकाले आवश्यक रहेका अन्य घरमा समेत थप जनचेतना फैलाउन वडा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, स्थानीयमा समेत प्रवलीकरण सम्बन्धी जनचेतना फैलने र सामान्य क्षति भएका मौलिक घर भत्काएर नयाँ घर बनाउनु भन्दा प्रवलीकरण उचित हुन्छ । पत्रकार महासंघ गोरखा शाखा अध्यक्ष किशोरजंग थापाले प्रवलीकरणको तालिम लिए पश्चात डकर्मीले स्थानीय स्तरमा प्रवलीकरणका सम्बन्धमा विश्वास बढाउन सक्ने बताउनुभयो । यस्तै, उहाँले पालिकाले समेत अपनत्व लिएर अगाडी बढेमा प्रवलीकरणबारे बलियो आधार तय हुने बताउनुभयो ।
परियोजना अन्र्तगत गोरखा नगरपालिका वडा नम्बर ८ देखि १४ का टोलि संयोजक हिरा श्रेष्ठले मौलिक घरको जगेर्ना तथा स्थानीय डकर्मीलाई प्रवलीकरण बारे जनचेतना तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको । प्रवलीकरणका लाभग्राही इन्द्र बहादुरको २०७२ सालमा सामान्य क्षति पुगेकोे घर २०३८ सालमा बनेको हो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.