प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्।

भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको एक चिकित्सकले बताए।

‘प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ’, ती चिकित्सकले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेको छ। प्रधानमन्त्रीले पिशाव पनि फेर्नुभएको छ।’

उनका अनुसार नयाँ मिर्गौलाले काम गर्न थालिसकेकाले अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको छ।

‘प्रत्यारोपणपछि प्रधानमन्त्रीले पिशाव पनि गर्नुभएको छ। अब टाँका लगाउने काम भइरहेको छ’, ती चिकित्सकले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेपछि पहिलो स्टेपको ‘डेन्जर जोन’ पार भयो। अबको केहीबेरमा प्रत्यारोपणको सबै काम सकिन्छ।’

प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने ती चिकित्सकले बताए। ‘टाँका लगाइसकेपछि डेढ दुईघण्टामा होस आउँछ’, उनले भने, ‘यसबारेमा अस्पतालले साढे चार बजे पत्रकार सम्मेल गरेर विस्तृत जानकारी गराउनेछ।’

अब चिकित्सकहरुले नयाँ मिर्गौलाबारे तीन घण्टा पछाडिको अवस्था हेर्नेछन्। त्यसपछि तीन दिन र एक सातासम्म मिर्गौलाले अहिले जस्तै काम गरे ढुक्क हुने चिकित्सकहरुको भनाइ छ।

ओलीले भनेका थिए : ढुक्क हुनू

त्रिवि शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनबाट बिहान १० बजेर ५ मिनेटमा अप्रेशन थिएटरमा छिर्नुअघि ओलीले चिकित्सकहरुसँग कुरा गरेका थिए। ओलीले भनेका कुराले चिकित्सकहरु पनि भावुक बनेका थिए।

प्रधानमन्त्रीको उपचारमा संलग्न उनका निजी चिकित्सकले यो जिन्दगीकै जुवा जस्तै भएको बताए। ‘प्रधानमन्त्रीले आफ्नो नयाँ जिन्दगीसँग जुवा खेलिरहनु भएको छ’, उनले भने, ‘जित्ने हार्ने के हुन्छ? अहिल्यै भन्न सकिँदैन, अप्रेशन सफल हुनेमा हामी विश्वस्त छौँ।’

बिहान १० बजेर ५ मिनेटमा क्याबिनबाट अप्रेशन थिएटरमा छिराइएका ओलीको करिब ५ घण्टासम्म अप्रेशन चलेको हो। ओलीसँगै मिर्गौला दान गरेकी भाञ्जी समीक्षा संग्रौलाको पनि सँगै शल्यक्रिया भएको हो।

समीक्षाको शल्यक्रिया गर्ने चिकित्सकको टोली छुट्टै थियो। ओलीको शल्यक्रिया डा. प्रेम ज्ञवाली नेतृत्वको चिकित्सकको टोलीले गरेको हो। प्रधानमन्त्रीको मिर्गौला शल्यक्रिया गरिरहेको शिक्षण अस्पतालमा यसअघि आठ सयजनाको प्रत्यारोपण भइसकेको थियो।

त्यसमा १० जनाको त दुई पटक सफलतापूर्वक प्रत्यारोपण भइसकेको थियो। प्रधानमन्त्री ओली शिक्षणमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने एघारौँ व्यक्ति हुन्।

प्रधानमन्त्री ओलीले १३ वर्षअघि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए। दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि पहिलो पटक प्रत्यारोपणमा संलग्न हाल म्याक्स अस्पतालमा कार्यरत डा. अनन्तकुमार पनि आएका थिए।

प्रधानमन्त्रीको अप्रेशन चलिरहँदा शिक्षण अस्पतालमा सयौँको संख्यामा शुभचिन्तक भेला भएका छन्। उनको स्वास्थ्य लाभको कामनासहित मंगलबार साँझ देशका विभिन्‍न स्थानमा दीप्र प्रज्ववलन पनि गरिएको थियो।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.