च्याङ्लीमा ६५ दिने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम शुरु

गोरखा संसार
फागुन १६, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ मा प्राविधिक तथा व्यवसायिक तालिम परिषद (CTEVT) गण्डकी प्रदेश कार्यालयको आर्थिक सहयोगमा ६५ दिने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिमको शुरु गरिएको छ। प््रााविधिक तथा व्यवसायिक तालिम परिषद (CTEVT) को आंगिक शिक्षालय गोरखा पोलिटेक्निक इन्स्टिच्युट पालुङ्टारले स्थानीय निकायसंगको समन्वयमा तालिमको आयोजना गरेको प्राविधिक शिक्षालय पालुङ्टारकी निर्मला मल्लले जानकारी दिनुभयो । तह १ अन्तर्गत छोटो अवधिको यस तालिमको उदघाटन वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा र प्राविधिक शिक्षालय पालुङ्टारकी प्रतिनिधी निर्मला मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो । सो तालिममा वडा नं. ७ र ८ का गरी २० जनाको सहभागिता रहेको छ । तालिममा ललित अधिकारीले सहजीकरण गरिरहनुभएको छ ।

Back to top button