पुस १३ गते १७ गते सम्म बन्दिपुर महाेत्सव हुने

अग्रेंजी नयाँ बर्ष २०१९ लाई स्वागत गर्न पहाडकी रानी बन्दिपुरमा सातौं बन्दिपुर महोत्सब हुने भएको छ ।

 

नयाँ बर्षमा बन्दिपुर आउने पर्यटकलाई खाना, संगीत,संस्कृति प्रदर्शन तथा सम्रग बन्दिपुर विकास गर्ने उद्धेश्यले टुडिखेल टोल सुधार समितिको आयोजनामा पुस १३ गते १७ गते सम्म टुडिखेलमा उक्त महोत्सब गर्ने तयारी भईरहेको आयोजकले जनाएको छ ।

 

‘बन्दिपुर जाऔ आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धन गरौ,सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको उक्त महोत्समा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुती हुने आयोजकले जनाएको छ ।

 

टुडिखेलमा मुख्य स्टेज सहित विभिन्न परिकार स्टेज रहने छ भने पप कन्र्सट,लोक दोहोरी,चुडका,स्थानिय सांस्कृतिक प्रस्तुतिहरु रहने टुडिखेल टोल सुधार समितिका सचिव किसन प्रधानले बताए

Back to top button