तुलसीमान श्रेष्ठ लोक साहित्य पुरस्कार प्रा. चुडामणि बन्धुलाइ

रविन्द्र कंडेल
गोरखा, पालुङ््टार, ३ पौष ।
तुलसीमान श्रेष्ठ लोक साहित्य पुरस्कार प्रा. चुडामणि बन्धुलाई प्रदान गरिएको छ । नेपाली भाषा साहित्य लोक साहित्य एवं बाल साहित्यको अध्ययन, अनुसन्धान तथा अध्यापनका साथै नेपाली साहित्यमा योगदान पुर््याउनु भएका बन्धुलाई पुरस्कार प्रदान गरिएको हो । राजधानीमा पौष २ गते प्रथम राष्टपति डा. रामबरण यादवको हातबाट एक समारोहका बीच उहाँलाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारको राशी १५ हजार १ सय रुपैयाँ रहेको छ । शिक्षाविद एवं लोकसाहित्यप्रेमी तुलसीमान श्रेष्ठको स्मृतिमा स्थापित तुलसीमान स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, समाजसेवीहरु तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
गोरखाको च्याङ््लीमा जन्मनुभएका स्व. तुलसीमान श्रेष्ठले विभिन्न कलेजहरुमा नेपाली साहित्यको अध्यापन गराउनुभएको थियो साथै लोकसाहित्य संग सम्बन्धित रहेर थुप्रै पुस्तकहरु प्रकाशन गर्नुभएको थियो ।
त्यस्तै गरी प्रतिष्ठानले स्व. श्रेष्ठको जन्मथलो च्याङ््लीमा रहेको श्री जीवन ज्योति मा.वि. का ४ जना विद्यार्थीहरु का लागी तुलसीमान छात्रबृत्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सदस्य आस कुमार श्रेष्ठले बताउनुभयो । सो विद्यालयमा उहाँले केही समय प्रधानाध्यापकको रुपमा रहेर काम समेत गर्नुभएको थियो । सो विद्यालयबाट छात्रबृत्ति पाउनेहरुमा कक्षा ८ का गणेश कुमाल, कक्षा ७ का नवीन कुमाल र विवस कुमाल का साथै कक्षा ५ का टेक घले रहेका छन्् । उनीहरुले पाउने छात्रबृत्तिको रकम प्रति व्यक्ति रु.पाँच हजार रहेको छ । विद्यालयमा छिटै एक कार्यक्रम गरी सो छात्रबृत्ति रकम प्रदान गरिने प्रतिष्ठानका सदस्य आस कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस वर्षबाट प्रदान गर्न शुरु गरिएको पुरस्कार अवदेखि निरन्तर रुपमा हरेक वर्ष प्रदान गरिने जनाइएको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
Back to top button