मृगौंला पिडित गोरखाका नम्चा तामाङ्गको उपचारका लागि आर्थिक संकलन कार्य जारी

गोरखा, पाैष १ ।
दुबै मृगौंला फेल भएका गोरखाका नम्चा तामाङ्गको उपचारका लागि आर्थिक सहयोग संकलन कार्य जारी रहेको छ । गोरखा पालुङ्गटार नगरपालिका–९, मिरकोट निवासी ५१ वर्षिय नम्चा तामाङ्गको आर्थिक अवस्था ज्यादै कमजोर रहेकोले उपचारका लागि जिल्लाका विभिन्न स्थानमा आर्थिक सहयोग संकलन कार्यक्रम संचालन गरिएको छ । आँबुखैरेनी कला केन्द्र आँबुखैरेनी, स्थानीय समिप अधिकारी र महेन्द्र मावि कुन्दुरटारका शिक्षक प्रताप पाण्डेको अगुवाईमा आर्थिक संकलन कार्यक्रम संचालन गरिएको आँबुखैरेनी कला केन्द्रका आशिष थापाले जानकारी दिनुभएको छ । दुबै मृगौंला फेल भएका तामाङ्गको छोरी शान्ति तामाङ्ग अध्ययनरत महेन्द्र मावि कुन्दुरटारमा आर्थिक सहयोग संकलनका लागि सांस्कृतिक कार्यक्रम गरिएको हो । सो कार्यक्रमबाट नगद ८ हजार ५ सय २५ रुपैंया सहयोग संकलन भएको छ । जीवनमरनको दोसाधमा रहेका तामाङ्गको नयाँ जिवनको लागि आर्थिक सहयोग गरिदिन केन्द्रले सबैसँग अपिल गरेको छ। हाल, दुबै मृगौंला फेल भएका गोरखाका नम्चा तामाङ्गको पोखराको आईएनए हस्पिटलमा उपचार भैरहेको छ ।

Back to top button
Close