सङ्घियताको विकल्प छैन

तनहुँ समाचारदाता
दमौली , मङ्सिर २८ गते ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले जनताको राज्यसँगको पहुँच सुनिश्चित गर्नको निम्ति सङ्घियता बाहेक अरु विकल्प नभएको बताउनु भएको छ । सो कुरा मन्त्री चुमानले नेपाल पत्रकार महासङ्घ तनहुँको साधरणसभाको शुक्रबार दमौलीमा उद्घाटन गर्दै बताउनु भएको हो ।
सबैभन्दा उत्तम विकल्प भनेको सङ्घियता भएको उल्लेख गर्दै मन्त्री चुमानले सङ्घियताले नजिकै सरकारलाई खटाउने भएकोले उचित भएको बताउनु भयो । हिजो विकेन्द्रिकरण सम्बोधन गर्न नसकेको र त्यसले निश्चित समयको लागि अधिकार प्रत्यायोजन गर्ने र फिर्ता गर्ने परिपाटी गरेकोले जनताको सरकारसँग पहुँच नपुगेको उहाँले बताउनु । सङ्घियताले अधिकार राज्यका अङ्गहरु स्वायत्त र सवल बन्न सक्ने हुँदा बनाएर आफ्नो स्थानीय तहका सरकारको हातेमालो गरी विकासलाई तिब्रता दिन सहज हुने मन्त्री चुमानले बताउनु भयो । अधिकारलाई व्यवस्थित र बाँडफाँड गर्नको निम्ति सबैभन्दा ठुलो भूमिका प्रदेश सरकारले गर्नु परेको मन्त्री चुमानले बताउनु भयो । आमसञ्चार नीति प्रदेश सरकारको क्याबिनेटबाट पारित भएको र पहिलो मस्यौदा पारित हुने वित्तिकै पत्रकार महासङ्घसँग छलफल गरिएको जानकारी मन्त्री चुमानले दिनुभयो । प्रेस स्वतन्त्रताको निम्ति सरकार प्रतिबद्धत भएको र सञ्चार माध्यमलाई व्यवस्थित बनाउन सञ्चारकर्मीसँगको सल्लाहबाट कानुन बनाईने मन्त्री चुमानले बताउनु भयो ।
कार्यक्रम नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा भएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले , तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठ , नेपाल पत्रकार महासङ्घका निबर्तमान अध्यक्ष डम्बर अधिकारी , पूर्वअध्यक्षहरु विश्वबन्धु भण्डारी प्रदीप काफ्ले , प्रेमप्रसाद पौडेल , प्रकाशचन्द्र भट्टराई , नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला परिषद तनहुँकी अध्यक्ष वसन्धरा घर्ति , नेपाल पत्रकार महासङ्घका उपाध्यक्षहरु नाराएण खड्का, सोनी खनिया , सचिव उज्वल पौडेल , कोषाध्यक्ष प्रताप राना लगायतले पत्रकारहरुले सत्य ,तथ्य र निष्पक्ष भएर समाचार संप्रेषण गर्नका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

Back to top button