आपपिपल अस्पतालमा नवनिर्मित वहिरंग तथा आकस्मिक विभागको भवन समुद्घाटन

जापान अन्तराष्टिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा पालुङटार नगरपालिका-३, आपपिपल अस्पतालमा नवनिर्मित वहिरंग तथा आकस्मिक विभागको भवन समुद्घाटन कार्यक्रममा सम्पन्न भएको छ। उक्त कार्यक्रम राष्ट्रिय सभा प्रतिपक्ष दलका नेता माननीय श्री सुरेन्द्रराज पाण्डे ज्यु ले उद्घाटन गर्नुभएको थियो । भबन उद्घाटन गर्दै नेता पाण्डेले भुकम्पपछिको पुननिर्माणमा जाइकाले गरेको सहयोगको प्रशंसा गर्नुहुदै ‘जाईकाले अस्पताल, विद्यालय, पुल जस्ता अत्यावश्यक पुर्वाधारको क्षेत्रमा गरेको सहयोगले पुन निर्माणले गति लिएको छ,’ नेता पाण्डेले भन्नुभयो । २५ शैयामा संचालित अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्न पहल गर्ने बताउँनु हुदै १८ जना सरकारी दरबन्दी रहेको यहाँ ९ जना मात्रै कर्मचारी कार्यरत रहनु दुखद हो, बाँकी दरबन्दीमा पनि चिकित्सक र कर्मचारी ल्याउन पहल गर्नेर्छौँ ।’ यस अघि भबन निर्माण नहुँदा बिरामी भर्ना तथा जाँचमा समस्या भएकोले । ‘बहिरङ्ग सेवा र आकस्मिक सेवा दिन गाह्रो भएको थियो, एउटै भबनबाट सबै सेवा दिनुपर्ने बाध्यता अब हटेको छ,’ अस्पतालका प्रशासकिय अधिकृत बाबुराम गिरीले भन्नुभयो- ‘भुकम्पले क्षति पुगेको जोखिमयुक्त भबनमा बसेर सेवा दिनुपर्दा डर थियो, अब त्रास रहेन ।’ दुईवटा ब्लकमा निर्माण भएको उक्त भबनमा साना ठुला २२ वटा कोठा छन् । २०७३ साल साउन महिनाबाट निर्माण सुरु भएको भबन दुई वर्ष भित्रै पुरा भएको हो । अस्पतालको नवनिर्मित भवनमा नेपाल मेड जर्मनीले १९ लाख रुपैयाँको फर्निचर सहयोग गरेको छ । यस अघि भबन निर्माण गर्न जमिन सम्याउँदा र भबन भत्काउँदा पनि उक्त संस्थाले सहयोग गरेको अस्पताल श्रोतले जनाएको छ । अस्पतालमा ओपिडी सेवा लिन आउने बिरामीको संख्या दैनिक ७०/८० भन्दा माथि हुने बताइएको छ । ओपिडि, ल्याब, एक्सरे, भिडियो एक्सरे, दाँत, फिजियो थेरापी, फार्मेसी सबै सेवा उपलब्ध गराउदै आएको अस्पतालका निर्देशक डाक्टर क्षितिजचन्द्र पौडेलले बताउनुभयो । अहिले अस्पतालमा एक जना विषेशज्ञ, एक जना डाक्टर सहित अन्य कर्मचारी र स्वास्थ्यकर्मी गरी ५१ जना कार्यरत छन् । नगर प्रमुख एवं अस्पताल बिकास समिति अध्यक्ष दिपक कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र राज पाण्डे, गण्डकी प्रदेशका सांसद हरिशरण आचार्य, पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेल लगाएतले आफ्नो भनाइ राख्नु भएको थियो।वडा अध्यक्षहरु, स्थानीय बासिन्दा,बुद्दिजिबी शिक्षक लगायतको उपस्थिती रहेको थियो । भूकम्पमा भत्किएको अस्पताल भबन निर्माण भएपछि स्वास्थ्य सेवा लिन सहज हुने भन्दै स्थानीय पनि खुसी भएका छन् ।

Back to top button