अत्याधिक मोबाइल चलाएको कारण एक २१ वर्षीय युवती बनिन् अन्धो, डक्टरको सुझाव यस्तो छ (हेर्नुस्)

काठमाडौ । चिनमा डोङगुआनकी एक २१ वर्षीया युवती अत्याधिक मोबाइल चलाएको कारण अन्धो भएकी छिन् । डाक्टरहरुका अनुसार उनको आखामा निकै जटिल मानिने रेटिनल आर्टरी अब्सट्रक्सन भएको बताएका छन् । ती वु नाम गरेको युवती दिनमा करिब ७ घण्टा अफिसमा कम्प्युटरको काम गर्ने र घरमा गएपछि पनि लगातार आफ्नो स्मार्ट फोनमा प्रिय खेल ‘किङ अफ ग्लोरी’ खेल्ने गरेकाले यस्तो समस्या देखा परेको हो । जब उनी घरमा सोही गेम खेलिरहेकी छिन् । तर एक्कासी उनको दाया आखाँ दुखेपछि डाक्टरकोमा गएको थिइन् । त्यसपछि डक्टर जाचिसकेपछि यस्तो खतरनाक “रेटिनल आर्टरी अब्सट्रक्सन भएको बताएका थिए । त्यसैगरी विरामी वु ले पनि आफू साथीहरुसगँ घुम्न पनि नगइकन मोबाइलमा गेम खेलेर बसेको बताइन् ।र उनले आफू जस्तै उमेर समूहका युवा युवतीलाई यसो नगर्न सुझाव दिएकी छिन् ।

Internetsansar बाट

Back to top button