लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन

खैरहनी,२४ मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सोमवार समापन गरिएको छ । खैरहनी नगरपालिकाले अभियानका क्रममा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।

समापनका अवसरमा सचेतनामुलक र्यालि निकाल्नुका साथै कोणसभा गरिएको छ । नगरपालिका परिसरमा आयोजित कोण सभामा वोल्दै खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलियाले लैंगिक हिंसा अन्त्यका लागि महिला र पुरुषबीचको असमानता हटाउनु पर्नेमा जोड दिईन् । लैंगिक हिंसा सामाजिक अपराध भएकाले यसको न्युनिकरणसंगै अन्त्यका लागि एकजुट हुनु पर्ने उनले वताईन् । खैरहनी नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत पुरुषोतम शर्माले १६ दिने अभियानमा मात्रै नभई अरु वेला पनि सचेतनामुलक कार्यक्रम गर्नु पर्ने वताए ।

कोण सभामा इलाका प्रहरी कार्यालय खैरहनीकी प्रहरी नायव निरीक्षक पुष्पा केशी,कार्यपालिका सदस्य गोमा भुजेल,मुस्कान वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अम्विका तिमल्सीना,स्मारिका वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला रोक्का लगायतले आआफ्नो धारणा राखेका थिए । कोण सभा अघि खैरहनी नगरपालिका गेटदेखी सुरु भएको सचेतनामुलक र्याली वजार परिक्रममा गरि पुन नगरपालिका परिसरमा पुगेको थियो ।

Back to top button