बहुउद्धेश्यिय भवन बनाउनको लागि सार्वजानिक जग्गा खाेज्दै बन्दिपुर

डुम्रे
तनहुँको बन्दीपुर गाउँ पालिको वडा नम्बर १ र ४ मा पर्ने व्यापारिक केन्द्र डुम्रे बजार क्षेत्रमा सोमबार सार्वजानिक जग्गा छुट्टाएको छ । नगरपालिकाको आन्तरिक आय बृद्धि गर्नको लागि बहुउद्धेश्यिय भवन बनाउनको लागि जग्गा छुट्टाईएको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुकदेव लम्सालले जानकारी दिनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत लम्सालका अनुसार भवन निमार्णको लागि गाउँपालिकाले ४५ लाख रुपैयाँ विनियोजित गरेको छ । नापी कार्यालयको प्रतिनिधी सहितको टोलीले रेखाङ्कन गरि सार्वजानिक जग्गा छुट्टाईएको छ ।

Back to top button