प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने

२२, मंसिर

यही पुस ९ देखि १८ गतेसम्म तनहुँको दुलेगौडामा प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने भएको छ । व्यापारिक सांस्कृतिक कृषि पर्यटकीय विकासको नारा प्रथम शुक्लागण्डकी महोत्सवको अभिभारा भन्ने नाराका साथ सो महोत्सवको आयोजना गरिएको हो । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौडा बजार इकाइ समितिको आयोजनामा १० दिने महोत्सव हुन लागेको हो । शुक्लागण्डकी क्षेत्रको पहिचान गराइ धार्मिक एवं पर्यटकीय स्थलहरुको प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको इकाइका सभापति एवं मुल संयोजक राजकुमार वाग्लेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सवको ३ लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपेयाँ बराबरको आर्थिक कारोबार हुने उनले बताए । उनले महोत्सवमा विभिन्न क्षेत्रका २ सय वटा स्टल राखिने जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डितले यो महोत्सव उदाहरणीय र नमूना हुने बताए । यो महोत्सवको पनि महोत्सव हुनेछ उनले भने । दुलेगौडा बजार इकाइका सभापति राजकुमार वाग्लेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा इकाइका पूर्व सभापति दिलबहादुर श्रेष्ठ, इकाइका सचिव मदन श्रेष्ठ, जिल्ला प्रतिनिधि पूर्णकुमार श्रेष्ठ लगायतकाले शुक्लागण्डकी महोत्सवले पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने बताएका थिए ।

Back to top button