
गोरखा, पालुङ्टार, २० मंसीर ।
गोरखाको पालुङटार नगरपालिका वडा नं. ६ का अद्धैत संस्थाहरुलाई एक कार्यक्रमका बीच ५०थान प्लाष्टिक कुर्सीहरु वितरण गरिएको छ । ंवडा नं. ६ पौवाटारको शिवालय शाखामा गरिएको एक समारोह बिच ३ वटा संस्थाहरुलाई गरी ५० थान कुर्सी वितरण गरिएको हो । पानपा घर भई हाल अमेरिका निवासी नारायण अधिकारी एवं उहाँकी पत्नी शिरु अधिकारी को आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाती महासँघ पालुङ्टारका अध्यक्ष सिद्धिबहादुर पाटा मगरले सो कुर्सी वितरण गनुभएको हो । शिवालय शाखाका प्रमुख ओम बहादुर सुवेदी को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बोल्दै जनजाती महासंघ अध्यक्ष मगरले बृद्धबृद्धाहरुलाई सहयोग गर्ने अवसर पाएकोमा आफू गौरवान्वित भएको वताउैदै आगामी दिनहरुमा आफूले थप सहयोग जुटाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । बृद्धबृद्धा भइसकेपछि अद्धैत संस्थाहरुमा गई धेरै कुरा अध्ययन गरिरहेको बेला उहाँहरुको समस्या देखेर सहयोग गर्न आफूले तत्परता देखाएको सिद्धी पाटा मगरले बताउनुभयो । कुर्सी पाएपछि आफूूहरुको जीवनमा काँचुली नै फेरेजस्तो लागेको छ भन्दै त्यहाँ जानेहरुले निकै खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा अद्धैत संस्था गोरखाका उपप्रमुख केदार भट्टराई, पौवाटार शिवालय शाखाकासहसचिव भुवन प्रसाद रेग्मीे स्थानीय समाजसेवी ओम बहादुर बराकोटी लगायतकाले मन्तव्य राखेका थिए । सो अवसरमा अद्धैत संस्था पौवाटार शिवालय शाखालाई ३० थान, मंगलेश्वर शाखालाई १० थान र लक्ष्मी शाखालाई १० थान गरी जम्मा ५० थान कुर्सी हस्तान्तरण गरिएको थियो ।