१० दिने उद्धघोषण, पत्रकारीता तालिम बनभोज कार्यक्रम सहित सम्पन्न

१६ मङ्सीर, म्याग्दे

भानु मिडिया प्रा.ली द्धारा सन्चालित भानु एफ एम् १०६.९ मेगाहर्ज ले आयोजना गरेको १० दिने उद्धघोषण , पत्रकारीता तालिम बनभोज कार्यक्रम सहित सम्पन्न भएको छ । तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आर्चायले म्याग्दे गाउँपालिकाको विकाश, निकाश तथा सुचना सन्चारमा भानु एफ एफको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । समापन कार्यक्रममा पत्रकार महासंघ तनहुँका सचिव उज्वल पौडेल, तालिमका प्रशिक्षक सन्चारकर्मी पशुपति अर्याल , तालिममा सहभागीको तर्फदेखी पार्वती खनाल घिमिरे, विजु राना मगर लगाएतले बोल्नुभएको थियो । कात्तिक २८ गते देखी सुरु भएको तालिममा रिपोटर्स क्लव नेपाल तनहुँ शाखाका अध्यक्ष मदन वाग्ले, विग एफ एम पोखराका कार्यक्रम प्रमुख शङ्कर तिबारी , रेडियो ढोरबाराहीका स्टेशन म्यानेजर राज कुमार आले, पत्रकार अपार पौडेल, सन्चारकर्मी पशुपति अर्याल, भानु एफ एमका स्टेशन म्यानेजर विनोद रखाली मगर लगाएतले सहजिकरण गर्नुभएको थियो । तालिममा जिल्लाका विभिन्न क्षेत्र देखी २० जनाको सहभागीता रहेको थियो । प्रशिक्षार्थी महेश भट्टराईको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन रेडियोका स्टेशन म्यानेजर विनोद रखाली मगर र भानु मिडिया प्रा.ली.का अध्यक्ष केदार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Back to top button