आँबुखैरेनीमा २७ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईयो ।।

आँबुखैरेनी, १७ मंसिर । तनहुँको आँबुखैरेनीमा आज एक कार्यक्रमकाबीच २७ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी स्वास्थ्य चौंकीको सभाहलमा गाउँपालिका भित्रका १७ जना पूर्णं अपाङ्गता भएकाहरुलाई दोसल्ला ओढाएर तथा लत्ताकपडा र व्हील चियर वितरण गरेर २७ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको हो । गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री कृष्ण पौंड्ल, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, रिसेड तनहुँका पूर्व अध्यक्ष मदन पौंडेल, गाउँपालिकाका शाखा अधिकृत कृपाहरि लौंडारी, वडा नं. १ का वडा अध्यक्ष किसान थापा, आँबुखैरेनी स्वास्थ्य चौंकीका ईन्चार्ज अगमराज उपाध्याय, गाउँपालिका कार्यालय सहायक पाँचौं तथा समाजिक सुरक्षा तथा पंजीकरण ईकाई प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, आईटी अफिसर निरज श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री कृष्ण पौंड्लले अपाङ्गता भएका व्याक्तिहरुको लागि गाउँपालिकाबाट योजना प्रक्रिया तथा सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । यसैगरी, गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले निर्माण कार्य जारी रहेको गाउँपालिकाको नयाँ भवन, पूर्ण अपाङ्गमैंत्री गराउने प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जस्तो प्रकारको अपाङ्गता भएको सो अनुसारको सेवा सुविधा पाउनु पर्ने र गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभएको छ । कार्यक्रममा रिसेड तनहुँका पूर्व अध्यक्ष मदन पौंडेलले अपाङ्गता भएका व्याक्तिहरुको शसक्तिकरण तथा समावेशीता र समानताको सुनिश्चितताको विषयमा सहजीकरण गर्नुभएको छ । उहाँले अपाङ्गताको क्षेत्रमा थौरे काम मात्र भएको र अपाङ्गता भएका व्याक्तिहरुको क्षमता विकास गरी आत्मानिर्मर बनाउन सबैले आ–आफ्ना स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

Back to top button