शनिबार साँझ चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु

तनहुँ । शनिबार साँझ चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका वडा नं. २ ढल्केबरका १० बर्षिय अमृत गुरुङ्गको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

साँझ ६ बजे खाना खाएर हात धुन आगनमा निस्केका गुरुङलाई चिुतवाले आक्रमण गरि घाइते बनाएको र उपचारको क्रममा लक्ष्मि अस्पताल डुमेमा मृत्यु भएको स्थानीयले बताएका छन् ।

सो घटना पछि भानु नगरपालिका वडा नं २ ढल्केबरमा चितुवाको आक्रमणबाट बलकको मृत्यु पछि सो आसपासमा जंगलमा चितुवा खोज्न प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुखको सिद्धि विक्रम शाहले जानकारी दिए ।

Back to top button