
पोखराबाट शैक्षिक भ्रमणका लागि गोरखा आएको रिजर्ब बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
गोरखा नगरपालिका-१२ शिखरडाँडामा शुक्रवार ग१ख ६३९५ नम्बरको बसले ठक्कर दिदा सोही स्थानका ९ वर्षीय प्रिन्स थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सन्त जोसेफ बिद्यालयबाट घर र्फकने क्रममा विद्यालयको बसबाट ओर्लेर सडक पार गर्दै गर्दा गोरखा सदरमुकाम बाट पोखरा र्फकदै गरेको उक्त बसले थापालाई ठक्कर दिएको थियो ।
चालक र सवारी प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक ईन्चार्ज दयाराम पौडेलले बताए ।
बसमा रहेका शैक्षिक भ्रमणका विद्यार्थीलाई अर्काे सवारीको व्यवस्था गरी पठाइएको ट्राफिकले जानकारी दिएको छ ।