पालुङ्टारमा शिक्षक महासंघ गठन अध्यक्षमा पन्त

रविन्द्र कंडेल, मंसीर १०
नेपाल विद्यालय कर्मचारी परिषद पालुङ्टार नगर समिति अध्यक्ष भीम बहादुर श्रेष्ठको अध्यक्षतामा नेपाल शिक्षक महासंघ पालुङटार नगरसमिति घोषणा भएको छ । सभाले चेतनाथ पन्तको अध्यक्षतामा १८ सदस्यीय पहिलो महासंघ गठन भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महासंघका जिल्ला समितिका सहअध्यक्ष राजन कट्टेलले शैक्षिक आन्दोलनलाई मूर्त रुप दिनुपर्नेमा जोड दिनुभएको थियो । सोही क्रममा बोल्दै उहाँले राहत शिक्षकहरुको समस्या समाधानको लागी आन्तरिक प्रतियोगिता को लागी विज्ञापन गर्नुपर्ने समेत उहाँले बताउनुभयो । साथै उहाँले स्थानीय निकायहरुमा शैक्षिक मूल्याँकनमा विविधता रहेकोप्रति पनि उहाँले दुखद भएको बताउनुभयो ।
नेपाल शिक्षक महासंघ का जिल्ला कार्य समिति सदस्य बलराम भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पालुङ्टार नगरपालिका का सामाजिक विकास समिति का भेजराज पाण्डेले बोल्दै शिक्षकहरु आफ्नो हकहितको लागी अघि बढिरहँदा कर्तव्य पनि विर्सन नहुनेतर्फ इङ्गित गर्नुभएको थियो । शिक्षकहरुको हकहितको लागी आफू पनि लागि परिरहेको र विद्यालयका प्रधानाध्यापकहरुले वडामा मासिक प्रगति प्रतिवेदन पेश गर्नुपर्ने बताउनुभएको थियो । जनप्रतिनिधीहरु जनताको मन जितेर आएका हुँदा उनीहरुलाई कसैले उपेक्षा गर्न नहुने समेत उहाँको जिकिर रहेको थियो ।
कार्यक्रममा बोल्दै साविक उमावि तहमा कार्यरत शिक्षक सुदिप खनालले कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुको समस्याप्रति हालसम्म शैक्षिक आन्दोलनका अगुवाहरु बेखबर भएजस्तो भान भएको बताउनुुभयो । कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरु माध्यमिक द्धितीय श्रेणीमा कार्यरत रहेतापनि उनीहरुलाई द्धितीय श्रेणीको पदमा विज्ञापन गर्ने बिषयमा भने ध्यान नपुगेको उहाँले बताउनुभयो । त्यस्तै गरी कार्यक्रममा शुभकामना दिनेहरुमा विद्यालयका प्रधानाध्यापकहरुको तर्फबाट दामोदर देवकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन पालुङ्टार नगरपालिकाका सचिव खेमराज पोखरेल, नेपाल शिक्षक संघ पालुङ्टार अध्यक्ष भुवन अधिकारी, एकिकृत नेपाल राष्ट्रिय शिक्षक संगठनका बद्री बहादुर पाण्डे, श्रोतव्यक्तिहरु चित्रराज देवकोटा, रामकाजी अधिकारी, नेपाल शिक्षक संघ जिल्ला समितिका उपाध्यक्ष सविना धिताल लगायतका रहेका थिए ।
भेलाले चेतनाथ पन्तको अध्यक्षतामा १८ सदस्यीय महासंघ गठन भएको छ । जसको सह अध्यक्षमा खेमराज पोखरेल, उपाध्यक्षमा टेक बहादुर अधिकारी, सचिवमा गणेशराज सेडाईं, सहसचिवमा माधवराज देवकोटा र राजाराम कुमाल, अर्थसचिवमा चित्र के.सी. रहेका छन भने सदस्यहरुमा शान्ता बोगटी बानियाँ, काजीबाबु खनाल, बाबुराम थापा, इन्द्र गुरुङ, राजकुमार श्रेष्ठ, रमेश खडका, सरिता न्यौपाने, नानीबाबु अधिकारी, नानु शर्मा, सानुबाबु थापा र बुद्धि कुमार श्रेष्ठ रहेका छन् ।

Back to top button