
अमरराज नहर्की
तनहुँ , मङसीर ९ गते । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आईतबार आफ्नो जन्मस्थल तनहुँको साविक तनहुँसुर गाविस हाल भानु नगरपालिका–६ सिम्पानीमा मा पुग्नु भएको छ । जन्मथलोमा महानिरीक्षक खनाललाई स्थानीय वासिन्दाहरुले भव्य स्वागत गरेका थिए ।
सो अवसरमा महानिरीक्ष खनालले चुँदीखोला पौडी खेलेको , बच्चा हुँदा साथीभाईसँग डुलेको , वाल्यकालमा पढेको सम्झाना दिलाएको बताउनु भयो । ‘म जहाँ रहे पनि जहाँ भए पनि जन्मभुमी विर्सन सक्दिन’ महानिरीक्षक खनालले भन्नु भयो । साथै खनालले आफ्नो जन्मभूमिको शिर नझुक्ने गरी काम गर्ने बताउनु भयो । नेपाल प्रहरीले राष्ट्रव्यापी सञ्चालन गरेको समुदाय –प्रहरी साझेदारी कार्यक्रमले महिला हिंसा , बलत्कार तथा अन्य अपराधिक कार्य न्यूनिकरण गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो । देशको शान्ति व्यवस्था सुदृढ हुने दाबी गर्दै महानिरीक्षक खनालले समुदायसँगको सहकार्य मजबुद बनाईने बताउनु भयो । सो अवसरमा स्थानीय वासिन्दाले प्रहरी चौकीलाई स्तरउन्नती लगायतका माग राखेका थिए । स्थानीय वासिन्दाहरुको तर्पmबाट रनबहादुर श्रेष्ठले माग प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम तिलकबहादुर खत्री , कृष्णराज ढकाल लगायतले प्रहरी चौकी जिर्ण भएकाले नयाँ बनाउन आवश्यक रहेकोले पहल गरिदिन आग्रह गर्नु भएको थियो । प्रहरी महानिरीक्षक खनाल बुबा स्वर्गिय केदारनाथ खनाल र आमा दिव्यालोकादेवि खनालको कोखबाट सो ठाउँमा जन्मनु भएको हो । आठ दाजुभाई र दुईदिदी बहिनी हुनु भएको महानिरीक्षक सानै देखि तिक्ष्ण स्वभाव हुनु भएको स्थानीय वासिन्दाहरुको भनाई रहेको छ । स्थानीय शिक्षक बाबुराम खनाल , लगनशिल , मेहनती , इमान्दार व्यक्ति हुनु भएकोले महानिरीक्षक पदमा खनाल पुग्न सफल हुनु भएको बताउनु भयो । उहाँले स्थानीय चन्द्रावती माध्यामिक विद्यालयमा पढ्नु भएको थियो । महानिरीक्षक पदमा बहाल भए पछि पहिलो पटक जन्मभुमीमा आउनु भएका खनालले इष्टमित्र , साथी सङ्गीसँग भेट गरी गाउँका सुख र दुःखका बारेमा संक्षिप्त कुराकानी गर्नु भयो नेविसङ्घका महामन्त्री तथा तनहुँ शारदा कलेजका सञ्चालक समितिका अध्यक्ष आनन्दराज त्रिपाठी नेपाल प्रहरी सङ्गठनको उच्च पदमा पुग्न सफल हुनु तनहुँवासीको लागि गर्वको कुरा भएको बताउनु भयो । साथै उहाँको कार्यकालमा तनहुँमा रहेका जिल्ला, इलाका तथा प्रहरी चौकीहरु स्तर उन्नती भई शान्ति सुव्यवस्था कामय गर्न मद्धत पुग्ने अपेक्षा जिल्ला वासीको रहको त्रिपाठीले बताउनु भयो । भानु नगरपालिका वडा नम्बर १ का पूर्व नागरिक मञ्चका अध्यक्ष ठाकुर अधिकारीले तनहुँमा जन्मिनु भएका खनाल त्यो ठाउँमा पुगेर नेपाली जनताको सेवा गर्न पाउनु नै तनहुँ वासीको लागि खुसीको कुरा भएको बताउनु भयो ।
जन्मस्थल पुग्नु अघि महानिरीक्षक खनालले तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे स्थित इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेमा स्वागत गरिएको कार्यक्रममा सहभागिता जनाउनु भएको थियो । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले पहाडकी रानीको रुपमा स्थापित यस गाउँपालिकामा विदेशी तथा स्वदेशी गरी वार्षिक रुपमा एक लाख भन्दा बढी पर्यटक आउने गरेको र त्यसको सुरक्षा संवेदनशीललाई ध्यान दिन महानिरीक्षक खनाललाई आग्रह गर्नु भयो । नावय प्रहरी निरीक्षक प्रमुख रहने ‘ख’ बर्गको प्रहरी चौकी रहेकोले माथिल्लो स्तर बनाउनु पर्ने भुकम्पले क्षेती पुगेको पुर्न निमार्ण गर्न आवश्यक रहेको अध्यक्ष थापाले जानकारी दिनु भयो । कार्यक्रममा डुम्रे–भन्सार नगरविकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीले भानु नगरपालिका–२ नारेश्वटारमा रहेको इलाका प्रहरी कार्यालयको व्यवस्थित गर्न भवन निमार्ण गर्न आवश्यक रहेको र जग्गा उपलब्ध भएकोले पूर्वाधारहरु निमार्ण गर्नको लागि मद्धत गर्न आग्रह गर्नु भयो । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले चाँडैनै आवश्यकता अनुसार काम अघि बढाउने प्रतिबद्धता व्यत्त गर्नु भएको थियो । महानिरीक्षक खनालले आईतबार नै दमौलीमा सञ्चालित तेस्रो आदिवासी जनजाती तनहुँ सास्कृतिक तथा पर्यटन महोत्सवमा सहभागी हुनु भएको थियो ।