सुकुम्बासीद्धारा संघर्ष समिति गठन

 

तनहुँ समाचारदाता

डुम्रे , मङसिर ९ गते । बन्दीपुर गाउँपालिकाको वडा नम्बर ५ का सुकुम्वासीहरु आन्दोलित भएका छन् ।

स्थानीय ,प्रदेश तथा सङ्घको चुनावको बेला नेताहरुले सकुम्वासीहरुलाई लाजपुर्जा दिलाउँछु भनेर वाचा गरे पनि वाचा पुरा नभएकोले आन्दोलन गर्नु परेको सुकम्वासीहरुले बताएका छन् । आन्दोलित सुकुम्बासीहरुले शंखबहादुर भुजेलको अध्यक्षतामा आईतबार ९ सदस्यि सुकुम्वासी सङर्ष समिति गठन गरेका छन् । माग पुरा नभए सम्म जुलुस निकाल्ने धर्ना दिने जस्ता आन्दोलन गरिने सङ्घर्ष समितिले जनाएको छ ।

बन्दीपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले सुकुम्बासीको मागलाई सम्बोधन गर्न बन्दीपुर गाउँपालिकाको बैठकमा छलफल गर्ने , सङ्घिय तथा गण्डकी प्रदेशका सांसदहरुलाई मागको पुरा गर्न पहल गर्न ज्ञापनपत्र पेश गर्ने निर्णय भएको जानकारी दिनु भयो । वडाध्यक्ष लामिछानेका अनुसार सो वडामा ८० घर धुरी सुकुम्वासी रहेका छन् । वडाको भुजेलगाउँ र कुमालटारीमा धेरै सुकुम्वासी रहेका छन् ।

 

Back to top button