डुम्रेमा सामुदायिक-प्रहरी वडा साझेदरी कार्यक्रम

तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ मा सामुदायिक-प्रहरी वडा साझेदरी कार्यक्रम अनुसार प्रहरी-वडा नं. १ सम्पर्क समिति गठन गरिएको छ । वडाका स्थानीय प्रतिनिधि, आमा समुह, महिला सञ्जाल स्थानीय नागरिक समाज लगायतको सहभागितामा सामुदायिक सुरक्षा सम्बन्धी सचेतना वृद्धि गरी समाजमा अपराध नियन्त्रण तथा रोकथाम गर्नका लागि उक्त समिति गठन गरिएको हो । समितिको संयोजकमा वडा नं. १ का वडा अध्यक्ष भानुभक्त पोख्रेल, सहसंयोजक दिनेश पौडेल, सदस्यहरुमा सावित्री दवाडी, अमृत शाही, टेक बहादुर राना, विन्दा सुनार, नवराज काफ्ले छन ।

उक्त समितिको सदस्य सचिवमा नविन कार्की, सदस्यहरुमा दाल बहादुर खड्का, शुक्र कुमार श्रेष्ठ, शिव कुमार श्रेष्ठ, सुदिप पोख्रेल, कुलेन्द्र गौतम, प्रेम बहादुर शाही, चन्दा थापा, दिलमाया थापा, सरिता पिया, कोना थापा, ओमकला राना रहेको बताइएको छ ।

उक्त समितिले आवश्यकाता अनुसार वडामा रहेको टोलटोलमा मासिक बैठक बस्ने र शान्ति सुरक्षा लगायतका विषयमा छलफल गर्ने बताइएको छ । त्यस्तै, डुम्रेका आमा समुहको भेलाले पिप्ले बजारको बन्दीपुर गेटमा फूलको गमला सहित फूलबारी बनाउने निर्णय गरेको छ। बन्दीपुर घुम्ना आउने पर्यटकहरुको प्रवेशद्वार पिप्ले बजार, बन्दीपुर गेट वरपराको क्षेत्रलाई पर्यटकलाई आकषिर्त गर्ने गरी फूलबारी बनाउने तयारी गरिएको वडा अध्यक्ष भानुभक्त पोख्रेलले बताएका छन् ।

Back to top button
Close