
अमरराज नहर्की
तनहुँ , मङ्सीर ६ गते । तनहुँको एक युवक उपचार गर्ने खर्च नहुँदा जीवन –मरणको दोसाँधमा पर्नु भएको छ । डेढ वर्ष अघि देखि दुवै मृगौला विग्रिए पछि रिसिङ गाउँपालिकाको पल्ट्याङ निवासी ३८ वर्षका रुपबहादुर रिमाली मगर पैसा नहुँदा मृगौला प्रत्यारोपण गर्न सक्नु भएको छैन । उपचारको क्रममा ११ वर्ष सम्म विदेशमा वसेर कमाएको सम्पत्ति सकिएर सकुम्मवासी जस्तै बन्नु मात्रै परेको छैन ठुलो ऋणको भारी समेत बोक्नु परेको छ ।
मृगौला प्रत्यारोपणको लागि आपूmले उपचार गरी रहेको टिचिङ हस्पिटल काठमाडौंका डा.महेश सिग्देलले करीव १६÷१७ लाख रुपैयाँ लाग्छ भनेको र सो रकम नहुँदा उपचार गर्न नपाएको मृगौला रोगका पिडीत मगरले बताउनु भयो ।‘ उपचारको क्रममा ११ वर्ष सम्म मलेसियामा बसेर कमाएको सकिएको र १३ लाख रुपैयाँ ऋण लागेको उहाँले जानकारी दिनु भयो । पैसा छैन उपचार गर्ने कुनै उपाए छैन । ’ सारु मगरले आँशु झार्दै भन्नु भयो । मृगौला प्रत्यारोपण गर्न रकम नहुँदा दमौली अस्पतालबाट डाईलोशिस गरिरहनु भएको छ । उहाँले उपचार घर , सम्पत्ति सबै विक्री गरि सकेकाले माग्दे गाउँपालिकाको थर्पुमा मामा घरमा बसेर डाईलोशिस गरिरहनु भएको छ ।‘ तिर्ने उपाए छैन अब त ऋण पनि पत्याउँदैनन् उपचारमा सहयोग गर्ने व्याक्ति साक्षात् भगवान हुन्छ ।’ मगरी श्रीमती तुलसा रिमाली मगरले आँशु झार्दै बताउनु भयो । रोगसँग सङ्घर्ष गरिरहनु भएको मगरको न्युन आर्थिक स्थिती रहेको लाखौं रकम खर्च गर्न नसकेकोले मृगौला प्रत्यारोपण गर्न नसकेको विरामी मगरको माईली भाउजु दलमाया थापा बताउनुहुन्छ । अहिले सम्मको उपचारमा ४० लाख रुपैयाँ खर्च गरिसेकोले थप १६÷ १७ लाख जुटाउन निकै कठिन भएको दलमाया बताउनु हुन्छ ।
उपचारको लागि देउसी–भैलेबाट उठेको रकम सहयोग
यसैबीच विरामी मगरको उपचारका लागि आफन्त, छिमेकी जागरुक बन्न थालेका छन् । व्यास नगरपालिका–५ पाटन स्थित पाटन युवा क्लब र मगर समाज पाटनको सयुक्त सहकार्यमा बुधबार मगरलाई ४८ हजार रुपैयाँ सहयोग गरिएको छ । देउसी भैलोबाट सङ्कलित रकमको व्यास नगपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ र क्लबका अध्यक्ष आईतसिंह नेपालीले सयुक्त रुपमा विरामी मगरलाई रकम हस्तान्तरण गर्नु भएको थियो । प्रवत्ता श्रेष्ठले नगरपालिकाको तर्पmबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै निवेदन पेश गर्न आग्रह गर्नु भएको थियो ।
साथै श्रेष्ठले क्लबमा युवाहरु उपचारको लागि जागरुक भएर उदाहरणीय कार्य गरेको बताउनु भयो । फजुल खर्च भन्दा उपचारको लागि सहयोग गर्दा उचित हुने भएकोले क्लबले सहयोग गरेको क्लबका उपाध्यक्ष ऋषीराम उपाध्यायले जानकारी दिनु भयो । मलेसियामा रासायनिक मल उत्पादन गर्ने कारखानामा ११ वर्ष काम गरेको मगरले बताउनु भयो काम गर्दा गर्दै डेढवर्ष अघि एक्कासी दुवै आँखा नदेख्ने समस्या भएपछि त्यहाँको हस्पिटलमा जाँदा मृगौलामा खराबी भएको पत्ता लागेको र त्यस पछि नेपाल फर्किएको मगरले जानकारी दिनु भयो ।