गण्डकी प्रदेश सम्बृद्ध बनाउन १५ वर्ष लाग्ने

रविन्द्र कंडेल, गोरखा, ४ मंसीर ।
गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ मा आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यक्रम समकोणमा बोल्दै अहिलेको संघीय सरकार भरखर मात्र बनेको हुँदा यसका पूर्वाधार निर्माणमा समय लाग्ने हुँदा विकासले गति लिन समय लाग्ने बताउनुभयो । सोही क्रममा उहाँले अन्य प्रदेशको तुलनामा भने कुनै तरहले पनि कमजोर नहुने बताउनुभयो । गण्डकी प्रदेश प्रकृतिले धनी भएतापनि यसको सहि रुपमा सदुपयोग गर्दै जनताहरुलाई धनी बनाउन आफूले पहल गरिरहेको समेत बताउनुभयो । यस प्रदेशलाई आर्थिक, सामाजिक, भौगोलिक सवै हिसाबले सम्पन्न बनाउन कम्तीमा पनि १५ वर्ष लाग्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री गुरुङले वडा नं. ७ काे कार्यालय, नेपालकै ठूलाे गाइ फाम कामधेनु गाइ फाम,   च्याङ्रली स्वास्थ्य चाैकी भवन अादिकाे  निरीक्षण समेत गर्नुभएकाे  थियाे । 

भूकम्पपछिको पुननिर्माणमा महिलाका सवाल विषयमा भएको छलफल कार्यक्रममा राष्टिय पुननिर्माण कार्यालयका सह प्रवक्ता , पालुङ्टार नगरपालिकाका उपप्रमुख पम्फा बसेल, गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख एस.पी. विमल वस्नेत, वडा नंं ७ का वडाध्यक्ष वसन्तकुमार श्रेष्ठ, वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेल, वडा नं.६ का वडाध्यक्ष गोविन्द बराकोटी लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रममा भूकम्पपछि पुननिर्माणको क्रममा जनताहरुले झेलिरहेका समस्याहरु, एकल महिलाहरुको समस्या, गुनासो सम्बोधन नभएका लगायतका समस्याहरु उठेका थिए भने सम्बन्धित निकायका प्रतिनिधीहरुले जबाफ दिएका थिए । राष्टिय पुननिर्माण प्राधिकरणका प्रवक्ताले कार्यक्रममा बोल्दै वडा नंं.७ को आहालेवर्रामा निर्माणाधिन अवस्थामा काम रोकिएको सुकुम्बासी आवास भवनका विषयमा छिटै निर्णय गरिने समेत बताउनुभयो । प्राधिकरणले काम शुरु गरेर जगको काम सिध्यइसकेपछि भवन निर्माण रोकिंदा वर्षादको समयमा पानी जमेर स्थानीयहरुले चर्को जोखिम मोलिरहेका छन् ।

Back to top button