पालुङटारमा बन्यो पहिलो लिगलिग पालुङटार नेवाः होम स्टे

सुजन न्यौपाने
पालुङटार नगरपालिकाको वार्ड न ५ ठाँटीपोखरीको जौवारी टोलमा लिगलिग पालुङटार नेवा ः होम स्टेको शुरुवात भएको छ । ठाँटीपोखरी नेवा ः देय् दबुको सहकार्य र लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी प्रा.लिको व्यवस्थापनमा होम स्टे कार्यक्रमको आज उद्घाटन गरिएको हो ।
स्थानीय ७ नेवार समुदायको पक्कि घरहरुलाई सिङगार गरि होम स्टेको शुरुवात गरिएको हो । पालुङटार क्षेत्रको पर्यटन प्रवर्धन गर्नको लागि ″क्जबचष्लन ज्यmभ, कजबचष्लन ज्बउउष्लभकक“ भन्ने नाराका साथ होम स्टेको अवाधरणा ल्याईएको लिगलिग ग्रप अफ इन्भेस्टमेन्ट कम्पनीका संचालक किरण गिरीले कार्यक्रममा जानकारी दिए । यस होम स्टेबाट आर्जन भएको रकम मध्य स्थानीय समुदायले ८० प्रतिशत र लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी र ठाँटिपोखरी नेवा ः देय् दबुले १० र १० प्रतिशत लिने सहमति गरि काम शुरु गरिएको कम्पनीका संचालक गिरीले जानकारी दिए । पाहुनाहरुको आवमनसंगै होम स्टेलाई प्रवर्धन र विकास गर्दै लैजाने सोच गरिएको गिरीले बताए । नेवाः होमस्टेमा पुगेका पर्यटकहरुले बेलुकी नेवारी परिकार सहितको खाना, बिहानको खाजा र एकरात बासबस्नका लागि प्रतिव्यक्ति ९ सय रुपैया तिर्नुपर्ने गिरीको भनाई छ । ‘होमस्टेमा आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुले नेवारीका खाना सहित नेवारी पहिचान र संस्कृति समेत देख्न पाउनेछन्,’ उनले भने, यसले नेवार समुदायको बारेमा अरुले जान्न पाउनेछन् भने यहाँको पर्यटन क्षेत्रको बिकासका लागि पनि यो महत्वपूर्ण हुनेछ ।’ स्थानीय समुदायका मानिसहरुलाई ट्रेनिङ दिने, नेवार परिकार बनाउने तालिम दिलाउने र अन्य होम स्टेहरुको अवलोकन भ्रमण मार्फत उनीहरुको क्षमता विकास गर्ने कार्यक्रम रहेको गिरीले बताए ।
होमस्टे पूर्णरुपमा सञ्चालन गर्न स्थानीय नेवार समुदायलार्ई बिभिन्न नेवारी कला, संस्कृति तथा नेवारी परिकार बनाउने तालिम दिने उहाँले जानकारी दिनुभयो । त्यस्तै होमस्टे सञ्चालनका लागि उहाँहरुको क्षमता बिकासका गर्न कम्पनीले अन्य होमस्टेहरुको अवलोकन भ्रमण गराउने गिरीले बताउनुभयो ।
होमस्टे कार्यक्रमको उद्घाटन गर्दै पालुङटार नगरपालिका नगर प्रमुख दीपक बाबु कंडेलले नेवाः होमस्टे संचालनमा आएसंगै पालुङटार क्षेत्रको पर्यटन प्रबर्द्धनमा टेवा पुग्न बिश्वास व्यक्त गर्नुभयो । पालुङटारमा आउने आन्तरिक तथा बाहय पर्यटकहरुलाई होमस्टे मार्फत सेवा, सुबिधा उपलब्ध गराउन सहयोग मिल्ने प्रमुख कंडेलले बताउनुभयो । पालुङटार नगरपालिका भित्रै रहेकोले पनि शहरभित्रै होटलको विकल्पको रुपमा पनि विकशित गर्दै लैजान सकिने वडा नम्बर ५ का अध्यक्ष दिपक पाण्डेले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख ई दीपक बाबु कंडेल, नगर उप प्रमुख श्री पम्फा बसेल, ५ नम्बर वडा अध्यक्ष दीपक पाण्डे, वडा नम्बर ९ अध्यक्ष भेजराज पाण्डे, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, विभिन्न समुदाय तथा समाज, स्थानिय कल्बका प्रतिनिधी लगाएतको उपस्थिति रहेको थियो ।

Back to top button