चितुवाको आक्रमणबाट बालक घाईते, मान्छे माथि आक्रमण गर्न थाले पछि स्थानीय त्रसित

तनहुँ समचारदाता
तनहुँ , मङ्सीर १ गते । चितुवाले मान्छे माथी आक्रमण गर्न थालेपछि तनहुँको भानु नगरपालिकाको वडा नम्बर १ , २ ,३ र ४ का वासिन्दा त्रसित भएका छन् । चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिका ४ जोखानीका कृष्णबहादुर लम्सालको छोरी चार वर्षीया अस्मिता लम्सालको मृत्यु भएको एक दिन पछि पुनः मान्छेमाथि आक्रमण भए पछि त्रसित भएका हुन् । घर नजिकै खेल्ने क्रममा बिहीबार साँझ साढे ६ बजेको समयमा चितुवाको आक्रमणमा परी बालिकाको मृत्यु भएको थियो ।
शनिबार विहान ६ बजे चितुवाको आक्रमणमा परि भानु नगरपालिका–२ थप्रेकका प्रकाश नेपालीको ७ वर्षिय छोरा सन्जन नेपाली घाईते भएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख जगत ढकालले जानकारी दिनु भयो । शैक्षिक भ्रमणको लागि विहान आमासँगै निस्किएर वजार आउँदै गर्दा बालकलाई चितुवाले आक्रमण गरेको र आमा र छिमेकीको सहयोग कराएर चितुवालाई धपाएको प्रहरीले जनाएको छ । घाईते बालकको स्थनीय मेडिकल हलमा उपचार भईरहेको छ । चितुवाको आक्रमणले बालकको टाउँको सामान्य चोट लागेको छ । बालकले दुई वटा टोपी लगाएको टाउकोमा कम असर परेको प्रहरीले जनाएको छ ।
मान्छेमाथिको आक्रमणबाट जोगाउनको स्थानीय ओखले सामुदायिक वन आसपासको क्षेत्रमा प्रहरी , शसस्त्र प्रहरी गण मनकामना भानुका सुरक्षाकर्मी परिचालित भई सुरक्षा दिईएको ढकालले जानकारी दिनु भयो । चितुवाले फेरि पनि मान्छेलाई आक्रमण गर्न सक्ने डरले स्थानीय वासिन्दा त्रसित भएको भएको भानु नगरपालिका–२ का मनोज श्रेष्ठले जानकारी दिनु भयो । आक्रमण गर्ने चितुवाको पहिचान गरि नियन्त्रणमा लिई चिडिया खानमा लैजान तथा मार्नु पर्ने माग स्थानीयको रहेको श्रेष्ठले जानकारी दिनु भयो । २०७४ फागुन १ गते पनि भानु नगरपालिकाको वडा नं. ३ मा चितुवाले आक्रमण गर्दा एक बालकको मृत्यु भएको थियो ।

Back to top button