दमाैलीमा अशाेक दर्जीसंग रमाए सवै पुस्ता

दमौली १, मंसिर

तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटकीय महोत्सवको दोस्रो दिनमा नै शनिबार गायक अशोक दर्जीको सांगितिक प्रस्तुतिमा दमौलीका बालबालिकादेखि युवा बृद्धासम्म झुमेका छन् ।

दमौलीमा पहिलो पटक अशोक दर्जी आउने भएपछि अन्य समय भन्दा बढी अशोकको प्रस्तुतिको समयमा दर्शक बढेका थिए । अशोक दर्जीसँगै एआर बुढाथोकीले साथ दिदा झन सुनमा सुगन्ध थपिएर दर्शक बढेका थिए । अशोक दर्जीले मन विनाको धन ठूलो कि धन विनाको मन, रुपै मोहनी नारायण रुपै मोहनी लगायतका संगित प्रस्तुत गरेका थिए भने एआर बुढाथोकीले कसरी कसरी, दुई दुन चार लगायतका संगित पस्केका थिए ।

महोत्सवमा टंक बुढाथोकीले बिजुलीको तार लगायतका गीत प्रस्तुत गरेका थिए । त्यस्तै महोत्सवमा शनिबार देवान किनार, पदम थापा, काजल गुरुङ्ग, शर्मिला थापा, सावित्रा सावित्रा हड्खले लगायतका कलाकारहरुले सांगितिक प्रस्तुति राखेका थिए ।

आदिवासी जनजातिको जीवन्त संग्राहलय निर्माण गर्ने उद्देश्यले आयोजित महोत्सवको दोस्रो दिनमा शनिबार १० लाखको आर्थिक कारोबार भएको छ भने ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए । शनिबारदेखि जलबिहारका लागि समेत २ टिम गएका थापाले बताए ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीको अध्यक्षतमा प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ प्रमुख अतिथि रहेका छन् । अनुराग थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत नेपाल मगर संघका अध्यक्ष सिद्धान्त थापा मगरले गरेका थिए ।

महोत्सव मार्फत् जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने बताइएको छ ।

महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांस्कृतिक नमूना ग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको बताइएको छ । महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, जानकारीका लागि पुस्तक प्रदर्शनी, कृषि उत्पादनका विक्री तथा प्रर्दशनका स्टल, विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री कक्ष, कम्युटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा विक्री कक्ष रहेको छ । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ । आइतबार गायक राजु गुरुङ्ग, कपिल मगर, यमसागर विक, मेलिना राई, रेश्मा गुरुङ्ग, शुभद्रा श्रेष्ठ, घिराउले÷सापटे लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ ।

Back to top button