अपराधिक घटना र मानसिक रोग विरुद्ध गीत रेकर्ड

तनहुँ समाचारदाता
डुम्रे, कात्तिक २० गते । बढ्दो अपराधिक घटना र मानसिक रोगहरुको विरुद्ध सचेतना जगाउने उद्धेश्यले तनहुँको डुम्रे बजार निवासी सुवास थापा (स्वामी प्रेम सुवास )ले गीत रेर्कड गर्नु भएको छ ।
‘जीवन यो घाम छाया हो आज छ भोली छैन कहाँ जाने हो
तुच्छ वचन कसैलाई नगर्नु , सके भलो नसके कुभलो नगर्नु ……………….
बोलको स्वामी सुवासले लेख्नु भएको शब्दमा श्वर तथा सङ्गीत मिन गुरुङको रहेको छ । गीत ग्रेस रेर्कडिङ स्टुडियोमा रेकर्ड गरि अडियो बजारमा ल्याईएको हो । गीतको चाँडै नै म्युजिक भिडियो तयार गरी युटुब मार्पmत बजारमा ल्याउने गीतकार स्वामी सुवासले जानकारी दिनु भयो ।
आध्यामिक चेतनाकमीले गर्दा दिनहुँ हत्या , हिंसा ,बलत्कार जस्ता अपराधिक घटना बढेको अबस्थालाई मध्यनजर गरी गीत रेर्कड गरेको स्वामी सुवास बताउनु हुन्छ । यस अघि पनि उहाँले नेपाली गुरु भक्ति भजनहरु बजारमा ल्याउनु भएको थियो ।

 

Back to top button