बन्दीपुर मा खुल्ला भलिबल प्रतियोगिता सुरु

बन्दीपुर – १८, कात्तिक
बन्दीपुर गाउँपालिका–२ सिमलटार स्थित चामुण्डा माई युवा क्लवको आयोजनामा आइतबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । क्लवले विजयदशमी तथा शुभ दिपावलीको अवसरमा दोस्रो गाउँ स्तरीय खुल्ला पुरुष प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको नेपाली कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङ्गले उद्घाटजन गरे । प्रतियोगिताको उद्घाटन गर्दै गुरुङ्गले खेदकुदले मानव शरीरलाई तन्दुस्त राख्ने बताए । खेलकुदले स्वस्थ बनाउदै विभिन्न काममा युवालाई जागरुक बनाउने उनको विश्वास छ । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ आयोजित उक्त प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष राजु पौडेलले जानकारी दिए । प्रतियोगितमा उत्कृष्ट सटर, लिफटर, डिफेन्न्सलाई समेत मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

 

Back to top button