खेलाडी हरूलाई खेल सामग्री बितरण

शुभ दिपावली २०७५ को पावन अबसरमा पालुङटार नगरपालिका वडा नं ४ को आयोजनामा यहि कार्तिक १९, २० ,२१ र २२ गते सञ्चालन हुने दोस्रो वडा कप २०७५ को आज एक कार्यक्रमका बिच पालुङटार नगरपालिका वडा नं ४ को वडा कार्यलयमा खेल तालिका सार्वजनिकरण तथा गत बर्ष आयोजना गरिएको छ । प्रथम वडा कप २०७४ मा सहभागी क्लवहरुलाई प्रोत्साहन स्वरुप खेलकुद सामाग्रीहरु बितरण कार्यक्रम सम्पन्न भयो। वडा भित्र आबद्ध २० वटा क्लवहरू बीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगिताको उद्घाटन खेल नमुना युवा क्लव बेलटार र बाह्रपिर्के युवा क्लव बाह्रपिर्के बिच १९ गते हुनेछ र उक्त कार्यक्रमको उद्घाटन नगरपालिकाका प्रमुख दिपक बाबू कँडेल द्वारा गरिने कार्यक्रम रहेको वडा अध्यक्ष ठाकुरकान्त रानाभाटले जनाउनुभयो। कार्यक्रममा सम्बोधन गर्दै वडा अध्यक्ष ठाकुरकान्त रानाभाटले यस दोस्रो वडा कपमा उत्कृष्ट खेलाडीहरु छनोट गरि तत्काल प्रशिक्षणको व्यवस्था गरिने र वडा नं ४ को उत्कृष्ट टिम तयार पारिनुको साथै खेलकुद विकासमा आफु निरन्तर प्रतिबद्ध रहने दृढता ब्यक्त गर्नुभएको थियो । वडा अध्यक्ष ठाकुरकान्त रानाभाटको सभापतित्व सञ्चालित आजको कार्यक्रमको सञ्चालन भने गोरखा जिल्ला फुटबल संघको कोषाध्यक्ष दिपक गुरुङले गर्नुभएको थियो।

Back to top button