जिल्लामै पहिलो पटक आँबुखैरेनीमा बृहत राम शाह स्काउट मित्रता क्याम्प, स्काउटको महत्व अपरम्पार रहेको वक्ताहरुको भनाई ।।

आँबुखैरेनी, कार्तिक १७ गते । आँबुखैरेनी गाउँपालिका–३, स्थित राम शाह माविमा जिल्लामै पहिलो पटक बृहत राम शाह स्काउट मित्रता क्याम्प गरिएको छ । विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश चन्द ढकालको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण पौड्ेलको प्रमुख आथित्यतामा शुक्रबार सो बृहत राम शाह स्काउट मित्रता क्याम्पको समापन गरिएको हो । विद्यालयका स्काउट शिक्षक तथा विद्यार्थीहरुबीचको मित्रता तथा नेतृत्वमा विकास गराउने, आत्मा निर्भर, स्वाबलम्वी र तत्परशीलताका लागि विद्यार्थीहरुलाई तयार पार्ने उद्देश्यले पहिलो पटक बृहत स्काउट मित्रता क्याम्प संचालन गरिएको राम शाह माविका स्काउट रोबर लिडर पृथ्वी गुरुङ्गले जानकारी दिनुभएको छ । स्काउट क्याम्प समापन समारोहमा बोल्ने सहभागि वक्ताहरुले जिल्लामा स्काउटको अवस्था विलीन रहेको र यस्तो कार्यक्रमले गति लिन थालेको बताएका छन् । क्याम्पमा सिकेका कुराहरुलाई स्काउट विद्यार्थीहरुले आफ्नो विद्यालयमा गएर अन्य विद्यार्थी साथीहरुलाई सिकाउने र आफ्नो जिवनमा अबलम्बन गरे सार्थकता पाउने उनीहरुले बताएका छन् । त्यसैगरी, वक्ताहरुले यस किसिमको सिकाईले कर्म, व्यवहार, जिवनमा उतार्न सके सबैलाई जिवन उपयोगि हुने स्पष्ट पारेका छन् । हतियार विनाको सैनिकको रुपमा रहेको स्काउटको महत्व अपरम्पार रहेको समेत वक्ताहरुले जोड दिएका छन् । स्काउटको संरक्षण तथा प्रवद्र्धनमा सम्पूर्ण विद्यालय स्तरमा स्काउटको कक्षा संचालन गर्नुपर्ने विषयमा सबैले पहल गर्नुपर्ने वक्ताहरुको भनाई रहेको थियो । विद्यालयका शिक्षक राजेश सुनामले संचालन गर्नुभएको समापन कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौड्ेल, स्काउट संरक्षक तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सानुकाजी थापा, जिल्ला स्काउट समितीका सचिव बल भद्र खनाल, विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछाने, सहायक प्रधानाध्यापक प्रकाश चन्द्र ढकाल लगायतकाको सहभागिता रहेको विद्यालयले जानकारी दिएको छ । विद्यालयको प्राङ्गणमा २ रात ३ दिन सम्म चलेको स्काउट मित्रता क्याम्पमा तनहुँ जिल्लाका विभिन्न ९ वटा स्काउट कार्यक्रम संचालन गरिएको विद्यालय र चितवन जिल्लाको २ वटा स्काउट कार्यक्रम संचालन गरिएको विद्यालयका १ सय २० भन्दा धेरै सहभागि स्काउट शिक्षक तथा विद्यार्थीहरुले आधारभूत कार्यक्रम, विशेष कक्षा, विद्यार्थी तथा दैनिक जीवनमा उपयोगी सिपहरु, दैवि प्रकोप र प्राकृतिक विपत्तीमा पर्दा आवश्यक सिपहरु, विविध मनोरञ्जनात्मक खेलकूद तथा सांस्कृतिक कार्यक्रम, मिनी क्याम्प फायर, क्याण्डल क्याम्प फायर, ग्राण्ड क्याम्प फायर लगायत कार्यक्रमहरु गरेका थिए ।

Back to top button