म्याग्दे घुम्तीमा ट्रक र टिपर ठोक्कीयो, चालक गम्भीर घाइते ।

कात्तिक १५,

तनहुँको म्याग्दे ३ घुम्तीमा विहीवार दमौलीबाट पोखरा तर्फ जादै गरेको ग १ ख ८२०८ नम्वरको टेलर ट्रक र विपरीत दिशाबाट जादैं गरेको बा ५ ख ४७६ नम्वरको टिप्पर एक आपसमा ठक्कर खादाँ टिपर चालक गोर्खा जिल्लाघर भएका ३५ वर्षिय भरत आले गम्भीर घाइते भएका छन् । उनको हाल पोखराको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरीको भनाई छ । यता ट्रक चालक तनहुँ आवुखैरेनीका ४० वर्षीय ववि बहादुर भुजेलको सामान्य उपचार पश्चात हाल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । दुवै सवारी साधन प्रहरी चौकी थर्पुको नियन्त्रणमा रहेका छन् ।

Back to top button