शिक्षा ऐन प्रतिकुल देखिएको भन्दै शिक्षकहरुले बुझाए ज्ञापन पत्र

गोरखा पालुङटारका शिक्षकहरुले नगर कार्यपालिका द्वारा स्थानिय राजपत्रमा प्रकाशित शिक्षा ऐन २०७५ शिक्षक, विद्यालय र विद्यार्थीका लागि प्रतिकुल देखिएको भन्दै संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका छन् । पालुङटारमा क्रियासिल शिक्षकहरु एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र शिक्षक समाज नेपालको नगर स्तरिय प्रतीनिधिहरुले नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझएका हुन् । शिक्षकहरुले परिच्छेद ३ को दफा २६ को उपदफा ४ लाई विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकारको बुँदा अन्तर्गत राखिनु पर्ने । परिच्छेद ३ को उपदफा ४ को ‘ विद्यालयलाई शान्ति क्षेत्र र वालमैत्री विद्यालयको रुपमा विकास गर्न सरोकारवालाहरु सँग अन्तक्रिया गरी आवश्यक कार्यविधि र सुचकहरु त्यार गर्ने ’ भन्ने राखिनु पर्ने । परिच्छेद ३ को दफा २७ मा शिक्षक अभिभावक संघ गठनको कार्यविधि स्पष्ट राखिनु पर्ने । परिच्छेद ४ को दफा ३१ को उपदफा १ (छ) मा ‘शैक्षिक उपलब्धि’ को ठाउँमा ‘सिकाई उपलब्धि’ राखिनु पर्ने र विषयगत औसत सिकाइ उपलब्धि न्एब् प्रणालीमा राखिनु पर्ने । परिच्छेद ५ को दफा ३२ उपदफा २ अन्तर्गत १ नं. नै लगाइनु त्रुटि भएकाले सो स्थानमा (क) नम्वर लगाई उपनम्वरहरु (अ), (आ) आदि लगानु पर्ने । परिच्छेद ५ दफा ३२ उपदफा २ (क) मा विषय विज्ञका लागि “शिक्षा, शिक्षण, प्रशासन र व्यवस्थापन क्षेत्रमा कम्तीमा दश वर्ष काम गरेको” राखिएकोमा नगर शिक्षा कार्यालय पालुङटारले सम्वन्धित विषयमा १ वर्ष स्थायी सेवा गरेका शिक्षकबाट आवेदन मागी विषय विज्ञमा सूचीकृत गरिएकाले परस्परमा बाझिएको देखिन आएकाले सो स्पष्ट पार्नुपर्ने । परिच्छेद ५ दफा ३९ को उपदफा १ मा “दण्डित गर्नुपर्दछ” भन्ने पदावली हटाई आवश्यकता अनुसार “स्पष्टीकरण, चेतावनी तथा नसियत दिन सकिनेछ” भन्ने राखिनु पर्ने । परिच्छेद ९ को दफा ६० को उपदफा १ को व्यवस्था परिच्छेद ८ को दफा ५२ को उपदफा ३ सँग बाझिएकाले स्पष्ट पार्नु पर्ने । परिच्छेद १० को दफा ६० को उपदफा २ र ३ मा गरिएका व्यवस्था संघिय शिक्षा ऐन संग बाझिएकाले बर्षे वा हिउँदे बिदाको व्यवस्था संघीय शिक्षा ऐन अनुसार नै गरिनु पर्ने । परिच्छेद १० को दफा ६२ को उपदफा ४ मा गरिएको व्यवस्था सुधार गरी “ अन्य दिन विद्यालय बन्द गर्नु परेमा प्रधानध्यापकले नगरशिक्षा कार्यालयलाई पूर्व जानकारी पर्ने” भन्ने वाक्यांम्श राख्नु पर्ने । परिच्छेद १० को दफा ६३ को उपदफा १ (घ) मा भएको प्रसुति बिदासम्बन्धी व्यवस्था अनुसार महिला शिक्षिका बिदा बसेको अबस्थामा “नगरपालिकाले तह र विषय मिल्ने गरी वैकल्पिक शिक्षकको अस्थाई व्यवस्थाको लागि अनुदान व्यवस्था गर्ने” भन्ने व्यवस्था राख्नु पर्ने । परिच्छेद १० को दफा ६५ मा भएको व्यवस्थालाई परिमार्जज गरि “शिक्षक वा कर्मचारीले काबु बाहिरको अबस्थामा बिदा स्विकृत नगराई विद्यालयमा उपस्थित भएको दिन निजको सेवा अवधिमा गणना हुने छैन” भन्ने व्यस्था गर्नु पर्ने लगायतका माग राख्दै शिक्षकहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कडेलले जुन सुकै ऐन गतिसिल हुने भन्दै राम्रो कामका लागि त्यसलाई आवस्यकता अनुसार परिमार्जन गर्न सकिने बताएका छन् । सोहि प्रसंगमा उनले पालुङटार बनाउनका लागि आफु पाँचै औंलाको छाप लगाउन तयार रहेका प्रतिक्रिया दिएका छन् । नगरप्रमुख दिपक बाबु कडेलको कार्यकक्षमा भएको उक्त कार्यक्रममा नगर उपप्रमुख पम्फा बसेल प्रसाशकिय अधिकृत हर्क बहादुर रोका लगायतका व्यक्तिहरुको उपस्थितिमा रहेको थियो । उता शिक्षकहरुले भने आफुहरुको ज्ञापन पत्र बुझाउने कार्यक्रम आन्दोलन नभएर सुझाब भएको भन्दै यस बिषयलाई सुझाबको रुपमा लिन आग्रह गरेका थिए ।

Back to top button