निर्मल माविमा सामुदायिक प्रहरी कार्यक्रम सञ्चालन

तनहुँ समचारदाता
दमौली , कात्तिक १५ गते । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ स्थित स्थित निर्मल माध्यामिक विद्यालयमा मङ्गलबार प्रहरी विद्यालय सम्पर्क समिति गठन गरिएको छ । समितिको संयोजकमा प्रधानाध्यापक गणेश चन्द्र बस्नेत रहनु भएको छ । । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक कृष्ण बस्यालले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई प्रहरी विद्यालय सम्पर्क समितिको काम कर्तव्य तथा जिम्मेवारीको बारेमा अवगत गराउनु भएको थियो ।
अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समयमा सामुदायिक सुरक्षालाई अभिबृद्धि गर्न नेपाल प्रहरी र सरोकारवाला पक्ष विद्यालय बीचमा कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरुलाई जनचेतना जागृत गर्ने अभिप्रायले यो कार्यक्रम सञ्चालन गरिएको सो अवसरमा जानकारी दिईएको थियो । वालबालिकाहरुलाई अपराध उन्मुख हुनबाट तथा पिडित हुनबाट जोगाउन सामुदायिक सेवाको भावना अभिबृद्धि गर्न र असल र जिम्मेवार नागरिकका रुपमा विकास गर्नका लागि प्रशिक्षण प्रदान गरिएको प्रधानाध्यापक बस्नेतले बताउनु भयो । नेपाल प्रहरीले राष्ट्रव्यापी सञ्चालन गरेको समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समिति गठन गरिएको हो ।

Back to top button