मनकामना केबलकारमा ३ वटा डब्बा थप

तनहुँ समाचारदाता
डुम्रे , कात्तिक १४ गते ।
नेपालमा पहिलो पटक मनकामनामा सञ्चालन गरिएको केबलकारमा ३ वटा गोन्डला (डब्बा) थप गरिएको छ । बढ्दो पर्यटकलाई लक्षित गरि थप गरिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
थप डब्बाको हालै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्नु भयो । सो अवसरमा मन्त्री अधिकारीले केबलकारका संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको प्रंशसा गर्दै पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पु¥याएको बताउनु भयो । मनकामना केबलकारले मुलुकको उहाँले केबलकारको माध्यमबाट धार्मिक एवं पर्यटन क्षेत्रको विकासमा योगदान मिलेको भन्दै यस्ता केबलकारबाट दिइने सेवालाई थप गुणस्तरयुक्त बनाउनुपर्ने बताउनु भयो ।
पछिल्लो समय वार्षिक करिब १० लाख यात्रुलाई सेवा दिदै आईरहेको मनकामना केबलकारले ३ वडा डब्बा थप पछि वार्षिक करिब १४/१५ लाख यात्रुहरुलाई सेवा दिन सक्षम हुने विश्वास कम्पनीले लिएको छ उनले भने । मनकामना केबलकार सञ्चालनमा आएदेखि हालसम्ममा करिब १ करोड ३८ लाख १२ हजार ४ सय ८६ यात्रुहरुलाई सेवा दिईसकेको कम्पनीले जनाएको छ ।
करौडौ रुपैया आयकर भ्याट मार्फत सरकारलाई राजश्व तिरेर नेपाल सरकारको राजश्वमा उल्लेखनीय योगदान पु¥याउन सफल भएको मनकामना केबलकार सञ्चालनमा आए पश्चात हालको चितवनको इच्छाकामना गाँउपालिका र गोरखाको शहिद लखन गाँउपालिकाको आर्थिक तथा पर्यटन विकाशका गतिविधीमा उल्लेख्य सुधार आएको सो अवसरमा बताईएको थियो । सोही कार्यक्रममा इच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ, गोरखाको शहिदलखन गाँउपालिकाका अध्यक्ष रमेशबाबु थापा, मनकामना दर्शन प्रा.लि. का प्रबन्धक राजेश बाबु श्रेष्ठ, मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक डिएन कायस्थ लगायतकाले नेपालकै पहिलो मनकामना केबलकारले भक्तजनहरुलाई सहज ढंगबाट सेवा प्रदान गर्दै आएको बताएका थिए ।
वि. सं. २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केबलकारमा सुरुवातमा ३१ वटा यात्रु बोक्ने र ३ वटा सामान बोक्ने डब्बा रहेको थियो । स्थापनाको झण्डै २ दशक पछि यात्रु चापलाई मध्ये नजर गर्दै हाल ३ वटा यात्रु डब्बा थप गरी ३४ वटा पु¥याएको मनकामना दर्शन प्रालिका प्रबन्धक राजेशबाबु श्रेष्ठले बताउनु भयो ।

Back to top button