भानु नगरपालिकाद्धारा मोबाईल एप्लिकेशन सञ्चालन

तनहुँ समाचारदाता
भानु , कात्तिक १३ गते । तनहुँको भानु नगरपालिकाले मोबाईल एप्लिकेशन संचालनमा ल्याएको छ । एप्लिकेशनले नगरपालिकाको सुचना तथा समाचार छिटो तथा सहज रुपमा सर्वसाधरण सम्म पु¥याउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
मोबाईल एप्लिकेशनमा नगरपालिकाको परिचय, नगरपालिकाकाले दिने सेवाहरु,कार्यव्रmमतथा परियोजना,सूचना तथा जानकारी,ऐन कानुन,वडा विवरण,महत्वपूर्ण स्थानहरु,आपत कालीन नम्बर, जस्ता प्राय सोधिने प्रश्नहरु समावेश गरिएको छ । साथै कर्मचारीहरु तथाजनप्रतिनिधिहरुको सम्पर्क विवरण पनि समावेश गरिएको नगरपालिकाकी सूचना प्रविधि अधिकृत अजन्ता ढकालले गोरखापत्रलाई जानकारी दिनु भयो ।
सूचना प्रविधि अधिकृत ढकालका अनुसार यस एप्लिकेशनमा नगरवासीले आफ्ना समस्यादर्ता गर्न , सुझाव तथा गुनासो पनि राख्न पाउछन् ,आफ्नो मोबाइलको गुगल प्ले स्टोरमा गएर भानु म्युनिसिपाटिली सर्च गरेर एप्लिकेशन डाउनलोड गर्न सकिने भानु नगरपालिकाले जनाएको छ

Back to top button