A drop of life ले रत्न मा बि का सबै बिध्यार्थिलाइ झोला बितरण

हङकङ को एक संस्था A drop of life ले तनहुँको म्याग्दे गाउँपालिका ७ मा रहेको रत्न मा बि का सबै बिध्यार्थिलाइ झोला बितरण गरेको छ । साथै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको संयोजनमा ५५ लाखको लागतमा ४ कोठे पक्की भवन उक्त संस्थाको सहयोगमा निर्माण संम्पन्न गरी उद्धघाटन गरीएको हो । विद्यालयका प्रधानाध्यापकलाइ सांचो हस्तान्तरण गरी कार्यक्रमको उद्धघाटन गरीएको थियो । कार्यक्रममा कार्यक्रमका प्रमुुख अतिथि नेपाली काङ्ग्रेका केन्द्रीय सदस्य प्रदिप पौडेल , बिशिस्ट अतिथी संस्थाका अध्यक्ष डेबि लि इन्जिनियर एडवार्ड , शिक्षा शाखा म्याग्देका प्रमुख बिजय बढु, ।स्रोत ब्यक्ती हुतमणी अधिकारी, बिध्यालयका प्रधानाध्यापक रमेश बाबू भट्टराइ , नेपाल शिक्षक संघ का सचिव पदम खनाल , लगाएतले वोल्नुभएको थियो ।

Back to top button