तनहुँको म्याग्देमा जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता हुदैं ,

विनोद रखाली मगर
कात्तिक ६, म्याग्दे,
================================
समाज सुधार यूवा केन्द्र म्याग्दे – ३, धयँरे तनहुँको आयोजनामा शुभ दिपावलीको अवसरमा तनहुँ जिल्ला भरीको सहभागी हुन सक्ने गरी प्रथम खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ । “विकृति विसंगति अन्त्य गरौं , समृद्ध समाजको निमार्ण गरौं” भन्ने मुख्य उद्धेश्यका साथ समाजमा विविध रचनात्मक कार्यक्रम गर्दै आइरहेको समाज सुधार युवा केन्द्रले जिल्ला भरीका युवा युवतीहरुको प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको केन्द्रका अध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिनुभयो । साथै प्रतियोगिताका लागी विभिन्न तयारीहरु तिव्र गतीमा अगाडी वढाइएको समेत अधिकारीले प्रस्ट पार्नुभयो । प्रतियोगिताको विजेताले नगद रु. २२,२२२ र प्रमाणपत्र, उपविजेताले नगद रु. ११,१११ र प्रमाणपत्र, तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीलाई नगद रु. ५,५५५ र प्रमाणपत्र साथै सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीलाई नगद रु. ३,३३३ र प्रमाणपत्र प्रदान गरीने समाज सुधार केन्द्रका सचिव विनोद अधिकारीको भनाई छ । प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतियोगी वा प्रतियोगी समुहले कात्तिक १९ गते सम्म आफ्नो गीत सहित केन्द्रमा दर्ता गर्न सकिने आयोजकको भनाई छ । प्रतियोगिता म्याग्दे – ३, धयँरे चोकमा कात्तिक २० र २१ गते सन्चालन हुनेछ ।

Back to top button