दुर्घटनामा १ को मृत्यु ७ जना घाईते

तनहुँ समाचारदाता
तनहुँ , कार्तिक ७ गते ।
डुम्रे–वेशीसहर खण्डमा वुधवार भएका छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ७ जना यात्रु घाइते भएका छन् ।
तनहुँको भानु नगरपालिका १ को साजवोटेमा वेशिशहरवाट डुम्रे आउदै गरेको ना ४ ख ५८८५ नं. को वसले सोही दिशातर्फ आउदै गरेको ग १ च ९३७७ नं.को वलेरो लाई ठक्कर दिदा उछिट्टीएको वलेरोले गाडीले वा ५ ख ४२८९ नं.को वसलाई फेरी ठक्कर दिन पुग्दा पैदल यात्री महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँकी ५५ वर्षीय नियती माया कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । टाउकोमा गहिरो चोट लागेकी ति महिलाको वुधवार नै चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा परी ना ४ ख ५८८५ नं.को वसमा सवार ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा २८ वर्षीय मधुकुमार वंशी, ३८ वर्षीय राजकुमार श्रेष्ठ, ६० वर्षीय मैया विडारी, ७५ वर्षीय वल वहादुर नेपाली र ५० वर्षीय विरवहादुर सार्की रहेका छन् । ति घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै भानु नगरपालिका ३ चामवासमा वुधवार नै वेशिशहरवाट डुम्रे आउदै गरेको ग ११ प ५५९९ नं.को मोटरसाइकलले एक महिलालाई ठक्कर दिदा उनि गम्भिर घाइते हुनु भएको छ । घाइते हुनेमा सोही ठाउँकी ५० वर्षीय माया ढकाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते ति महिलाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरेहको छ भने अनुसन्धानको लागि मोटरसाइकल चालकलाई नियन्त्रणमा लिईएको छ ।

Back to top button