दशैंमा जेष्ठ नागरिक सम्मान

तनहूँको भानु ३ खहरेमा बडादशैंको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा २ जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
दोरदोर काठमाण्डौ सहयोगी समाज काठमाण्डौको आयोजनामा गत वर्षहरु जस्तै यस वर्ष पनि शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै भानु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष दलमान श्रेष्ठले कार्यक्रमको सफलताको कामना सहित शुभकामना दिनुभएको थियो । समाजका सदस्य रामकाजी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा समाजकै आजीवन सदस्य हरिकुमार श्रेष्ठले समाजको विगतदेनि वर्तमानसम्मको अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो । सो अवसरमा ९० वर्ष पूरा गरेका २ जना जेष्ठ नागरिकहरु शेर बहादुर श्रेष्ठ र शंखमान श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा शुभकामना राख्नेहरुमा समाजका सचिव रामकुमार श्रेष्ठ, भीमसेन सेवा गुठीमा अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, समाजसेवी सूर्य कुमार श्रेष्ठ, लक्ष्मी मा.वि गाइखुरका प्रधानाध्यापक टिकाराम श्रेष्ठ, जयबुद्ध इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल तुलसी कार्की लगायतका रहेका थिए । समाजले हरेक वर्ष बडादशैंकाे नवमीका  दिन कार्यक्रम गर्ने गरेका टिकाराम श्रेष्ठले जानकारी दिनुभयाे ।

Back to top button