बडादशैंकाे शुभकामना सहित भलिबल प्रतियोगिता

गाेरखा धुवांकाेट काठमाडौ सम्पर्क समाज काे अायाेजनामा शुभकामना अादान प्रदान तथा भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ । बिजया दशैंकाे नवमीका दिन फुर्सदकाे समयमा मानिसहरू जुवातास खेलेर समय बिताउनभन्दा खेलकाे बिकासमा टेवा पुग्ने उदेश्यका साथ खेलकाे अायाेजना गरिएकाे अायाेजकले बताए । समाजका शितल श्रेष्ठ काे अध्यक्षतामा सम्पन्न प्रतियोगितामा पालुङटार नगरपालिका वडा नं ८ धुवाँकाेटकाे अकला मा वि मा खेल सञ्चालन गरिएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बाेल्दै वडा नं ८ का वडाध्यक्ष शंकरराज कंडेलले दशैंकाे बेला अायाेजित यस्ता कार्यक्रमले समाजमा विकृति राेक्न महत्वपूर्ण हुने बताउनुभयाे । खेलमा वडा नं ८ भित्रका टाेलसुधार बाट ८ समुहकाे सहभागिता रहेकाे थियाे । सागछर्ने टाेलबिकास र मिलनटाेल टाेलबिकास का बिच भएकाे फाईनल खेलमा सागछर्ने टाेलबिकास ले मिलनटाेल टाेलविकास लाई पछाडि पार्दै प्रथम हुन सफल भएकाे थियाे । प्रथम हुनेले नगद रू•७००० सहित प्रमाणपत्र र दितीय हुनेले नगद रू•५००० र प्रमाणपत्र प्राप्त गरेका छन् भने उत्कृष्ट खेलाडीलाई नगद रू१००० सहित प्रमाणपत्र प्रदान गरिएकाे थियाे । कार्यक्रमलाइ हरेक वर्ष निरन्तर रूपमा गर्ने याेजना रहेकाे समाजले जनाएकाे छ ।

Back to top button